Advertisement

पदाधिकारी चयनको आन्तरिक गृहकार्यमा माओवादी

0 95

Advertisement

२१ असार, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) जारी केन्द्रीय कमिटी बैठक स्थगित गरेर पदाधिकारी चयनको गृहकार्यमा जुटेको छ । केन्द्रीय कमिटी बैठकमा तत्काल पदाधिकारी चयन गर्न चर्को दवाव आएपछि पार्टी सोको तयारीमा जुटेको हो ।

आज ११ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक भोलि मात्र बस्ने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो ।

यसअघि सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका थिए ।

गत पुसमा भएको महाधिवेशनले प्रचण्डलाई अध्यक्षमा चयन गरेपनि वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–६, महासचिव–१, सचिव–३, कोषाध्यक्ष–१ सहित १४ वटा पद खाली छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.