Advertisement

अब चाहिँ अति नै भयो’ : ओली

0 91

Advertisement

२० असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मुलुकमा अब अति भएको बताएका छन् । सरकार सञ्चालनका क्रममा मुलुकमा अति भएको उनको भनाइ थियो ।

प्रतिनिधिसभाको आज (सोमबार)को बैठकमा सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतका विषयमा अति भएको बताएका हुन् ।

आफू सरकारमा हुँदा तत्कालीन प्रतिपक्षी काँग्रेसका एक सांसदले भनेको कुरा स्मरण गर्दै ओलीले अहिले चाहिँ अति भएको बताएका हुन् । ‘इनफ भन्दा बढी नै भइसकेपछि मैले यहाँ बोल्न उभिनुपर्‍यो । अब चाहिँ अति नै भयो’, उनले भने ।

सत्तापक्षका नेता र मन्त्रीहरूले विभिन्न विषयमा जथाभाबी बोल्दै हिँडेको ओलीको आरोप थियो । एसपीपी, अर्थ मन्त्रालयमा बजेट निर्माण भइरहेका बेलाको विषयलाई लिएर ओलीले संसद्मा आपत्ति जनाएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.