Advertisement

माओवादी केन्द्रको बैठक सकियो

0 106

Advertisement

१९ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजलाई सकिएको छ । भोलि (सोमबार) पुनः ११ बजे बस्ने गरी सकिएको जनाइएको छ ।

आज (आइतबार)को बैठकमा सहिदहरूलाई श्रद्धाञ्जली अर्पण, थपिएका केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएका छन् ।

यस्तै अर्को प्रस्तावित कार्यसूचीअनुसार प्रदेश समितिका अध्यक्ष तथा इन्चार्जहरूले प्रदेशको रिपोर्ट प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।

आज बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री र उपत्यका विशेष प्रदेशका अध्यक्ष जगत सिम्खडाले आफ्नो प्रदेशका रिपोर्टहरू प्रस्तुत गरेका छन् । भोलिको बैठकमा अन्य प्रदेशहरूको रिपोर्ट प्रस्तुत गरिने जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.