चीनको उइगुर स्वायत्त क्षेत्रमा भूकम्पको धक्का
१९ असार, काठमाडौँ । बेइजिङ-चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । आइतबार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५.२ म्याग्निच्यूडको भूकम्प गएको (सीईएनसी) ले जनाएको छ ।
भूकम्पको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ । यसअघि शनिबार पनि सिन्जियाङमा ४.३ रेक्टर म्याग्निच्युडको भूकम्प गएको थियो । दुई महिनाअघि सिन्जियाङमा ५ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।