Advertisement

कारबाही भोगेर जुम्ला पुगेका न्यायाधीश सिंह: विवादित फैसला जारी राखेपछि सर्वोच्च तानिए

0 98

Advertisement

१५ असार, काठमाडाैँ । न्याय परिषद्‌को कारबाही भोगेर जुम्ला जिल्ला अदालत पुगेका न्यायाधीश जवाहरप्रसाद सिंह सर्वोच्च अदालत तानिएका छन्। विवादित फैसला गरेपछि सिंहलाई केही दिन अगाडि सर्वोच्च अदालत तानिएको न्याय परिषद्‌ स्रोतले जानकारी दियो।

परिषद्‌ स्रोतका अनुसार सिंहमाथि विवादित फैसलालाई लिएर गम्भीर छानबिन समेत सुरु गरिएको छ। साउनको पहिलो हप्ता अनिवार्य अवकाशमा जान लागेका न्यायाधीश सिंहले अवकाश पाउने १ महिना अगाडि नै बिदामा बस्नुपर्नेमा बिदामा नबसी विवादित फैसला गरेका आरोप लागेको छ। न्यायिक विचलन देखिने गरी फैसला गरेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको निर्देशनमा सिंहलाई सर्वोच्च तानेर छानबिन थालिएको हो।

न्यायाधीश सिंह यसअघि पनि आफ्नो फैसला र आदेशका कारण विवादित बनेका थिए। कपिलवस्तु जिल्ला अदालतमा कार्यरत रहँदा घुसकाण्डमा विवादित भएपछि उनलाई जुम्ला जिल्ला अदालतमा काजमा पठाइएको थियो। जुम्लामा पनि उनले विवादस्पद फैसला जारी राखेपछि गम्भीर छानबिन सुरु गरिएको स्रोतको भनाइ छ।

सिंहले बहुविवादसम्वन्धी एक मुद्दामा आर्थिक चलखेल गरेर फैसला गरेको भन्दै न्याय परिषद्‌मा उजुरी परेको छ।

अवकाशको उमेर नजिकै जाँदा न्यायाधीशहरुले विवादस्पद फैसला गर्न थालेपछि सर्वोच्चले एक महिना अघि अनिवार्य विदामा बस्न परिपत्र नै गरेको थियो।

१ चैत २०५३ मा न्याय सेवामा प्रवेश गरेका सिंह २१ साउन २०७२ मा जिल्ला न्यायाधीश नियुक्त भएका थिए।

६३ वर्षको उमेर हद पार गरेर सिंह आगामी साउन ८ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। जिल्ला न्यायाधीशहरुको सूचीमा उनी १५२ नम्वरमा रहेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.