Advertisement

‘शक्ति राष्ट्रहरुले कम्युनिस्ट-कम्युनिस्ट लडाइरहेका छन्’ मुलुक अझै पूर्णस्वतन्त्र भएको छैन : चित्रबहादुर केसी

0 102

Advertisement

१३ असार, काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुक अझै पूर्णस्वतन्त्र नभएको बताएका छन् । सोमबार ललितपुरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’विषयक अन्तरक्रियामा अध्यक्ष केसीले मुलुक अझैपनि पूर्णस्वतन्त्र नभएकाले भिखमग्गा भएको टिप्पणी गरे ।

उनले बहुदलीय व्यवस्थाले जनताका आधारभूत समस्या समाधान गर्न नसक्ने बताए । जनताका समस्या सम्बोधन हुन समाजवाद आवस्यक रहेको भन्दै उनले रुसमा लेनिन र स्टालिनले समाजवाद प्राप्त गर्न के के गर्नुपरेको थियो रु भनेर प्रश्न गरे । ‘त्यहाँ सजिलै समाजवाद आएको थियो ? चुनावमा भोट बटुलेर रुसमा समाजवाद आएको हो ? चीनमा त्यसरी आएको थियो ?’अध्यक्ष केसीले सत्तारुढ दलका शीर्ष नेताहरुतर्फ हेर्दै भने । उनले रुसी नेता खु्रस्चेवले भनेजस्तै शान्तिपुर्ण ढंगले नै पुँजीपतिहरुको मन पगाल्न सकिने बताए ।

उनले चुनाव महंगो भएको भन्दै सर्वसाधारणले चुनाव लड्न नै नसक्ने अवस्था आएको र नेपाल बुढाबुढीको वृद्धाश्रममा परिणत भएकाले राष्ट्रको विकास हुन नसक्ने बताए । समाजवाद ल्याउन देशमा उद्योगधन्दा खोलेर, भ्रष्टाचार नियन्त्रण गरेर, राजदूत नियुक्त गर्दा घुस नखाने अवस्थाको विकास गर्यो भने बल्ल राम्रो हुने भन्दै राजनीतिक पार्टीहरुले पार्टी नै राम्रोसँग चलाउन नसकेको बताए । ‘राजनीति जव व्यवसाय हुन्छ तवसम्म देश यस्तै हुन्छ’, केसीको भनाइ छ । तर उनले बुर्जुवा गणतन्त्र जोगाउनुको विकल्प नभएको पनि बताए ।

उनले अहिलेको उपलब्धि जोगाउनु महत्वपूर्ण भएको भन्दै पाँच दलभित्र मनमुटाव र समस्या भएपनि संविधान र गणतन्त्र जोगाउनुको विकल्प नभएको बताए । उनले शक्ति राष्ट्रहरुले कम्युनिस्ट कम्युनिस्ट लडाइरहेको भन्दै यसमा सचेत हुनुपर्ने बताए । उनले वर्तमान गठबन्धन आगामी चुनावसम्म जानुपर्ने आवस्यकता रहेको बताए ।

‘कसैलाई मन परेपनि नपरेपनि प्रदेश र संघको चुनावमा एकजुट भएर जानुको विकल्प नै छैन’, अध्यक्ष केसीको भनाइ छ । तर सत्तामा बस्नेहरूले सुधारात्मक काम गर्नुपर्नेमा जोड दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.