Advertisement

शिक्षक, कर्मचारीको पेन्सनमा वार्षिक तीन अर्ब खर्चिन्छ त्रिवि

0 78

Advertisement

१३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक तथा कर्मचारीको पेन्सनको लागि हरेक वर्ष करिब तीन अर्ब खर्चिने गरेको योजना तथा निर्देशनालयको कार्यालयले जनाएको छ ।

निर्देशनालय प्रमुख ध्रुवकुमार गौत्तमले त्रिविको शिक्षक तथा कर्मचारीको पेन्सनको व्यवस्था सरकारले नबेहोर्दा त्रिविलाई आर्थिक बोझ भइरहेको बताए ।

उनले भने ‘अन्य सबै विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको पेन्सन नेपाल सरकारले व्यहोर्छ । तर त्रिभुवन विश्वविद्यालयको शिक्षक तथा कर्मचारीहरुको पेन्सन नेपाल सरकारले व्यहोर्दैन । त्यसैले त्रिविले पेन्सन पाकेका शिक्षकहरुलाई तलब खुवाउनको लागि धेरै संघर्ष गर्नुपर्ने अवस्था छ ।’

विश्वविद्यालयले संघर्ष गरेर बचाएको पैसा संरचना निर्माण, विकास निर्माण, अनुसन्धानका कामहरु गर्न भन्दा लाग्नु भन्दा शिक्षक कर्मचारीलाई पेन्सन खुवाउनको लागि वचत गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

त्रिविको शिक्षक कर्मचारीको पेन्सन नेपाल सरकारले बेहोर्ने हो भने पेन्सन दिने करिब ३ अर्ब रकमले विश्वविद्यालयको संरचना निर्माण, सफट्वेयर निर्माण, ल्याब निर्माण, अनुसन्धान लगायतका कामहरु गर्न मद्दत पुग्ने गौतमले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.