Advertisement

अखिल क्रान्तिकारीका पवन कार्की सहित ८ जनालाई अनिश्चितकालिन निलम्बन

0 91

Advertisement

१२ असार, काठमाडाैँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेता पवन कार्की सहित ८ जनालाई अनिश्चितका लागि निलम्बन गरिएको छ । अखिल क्रान्तिकारीको तेस्रो पूर्ण बैठकको निर्णय आइतबार निर्णय सार्वजनिक गर्दै अनिश्चितकालका लागि निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

निलम्बन पर्नेमा कार्की सहित वसन्ता भण्डारी, बालकुमार केसी, उपदेश यादव, रविन बस्नेत, पदम नेपाली, समीर बुढाथोकी र संजिव चौधरी छन् । गत जेठ ५ गतेका संगठनको केन्द्रीय समिति बैठकमा होहल्ला गर्दै तोडफोड गरेर घाइते बनाएकाले कार्की सहित ८ जनालाई निलम्बन गरिएको हो ।

यस्तै संगठन सुदृढीकरण र परिचालन गर्न तीन महिने अभियान चलाइने भएको छ । संगठनका १९ जना उपाध्यक्ष रहनेगरी तीन महिने अभियानमा खटाइने भएको छ । यस्तै प्रदेश र संघको निर्वाचन अघि नै स्ववियू निर्वाचन गराउनु पर्ने माग गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.