Advertisement

आमाको नाममा नागरिकता दिन कञ्जुस्याइँ नगरौँ : आले

0 75

Advertisement

१० असार, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले आमाको नाममा नागरिकता दिन कञ्जुस्याई गर्नु नहुने बताएका छन् । शुक्रवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद मगरले कुनैपनि नागरिकलाई राज्यबिहीन र नागरिकताबिहीन बनाउन नमिल्ने भन्दै आमाको नाममा नागरिकता दिन कन्जुस्याँई गर्नु नहुने बताएका हुन् ।

उनले पुरुषवादी र पितृसत्तावादी समाज रहेको उल्लेख गर्दै पुरुषवादी चिन्तनकाबिरुद्ध लड्नुपर्ने आवश्यकता रहेको बताए । चालु संसद अधिवेशनमा नै नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नागरिकताको समस्या समाधान गरियोस् ।

विधेयकलाई सदनमा यसैपटक ल्याएर यसलाई पास गरियोस् र सहमतिका आधारमा अगाडी बढाइयोस् । किनभने नागरिकता भन्नेकुरा धेरै संवेदनशील र गम्भिर कुरा हुन्छ । महत्वपूर्ण कुरा हुन्छ । कुनैपनि नागरिक राज्यबिहीन, नागरिकताबिहीन रहन सक्दैन । धेरै समस्या उसले झेल्नुपर्ने हुन्छ । यो नागरिकता विधेयक ल्याइयोस् ।

आमाको नाममा नागरिकता दिने कुरा म पनि जोडदार रुपमा समर्थन गर्न चाहन्छु । यो समाज पुरुषप्रधान समाज हो । पुरुषवादी, पितृसत्तावादी समाज हो । त्यसकारणले उसले बुबाको नाममा नागरिकता दिन कुनै कन्जुस्याँई हुँदैन तर आमाको नाममा नागरिकता दिन उसले कन्जुस्याँई गर्छ । त्यसकारणले यो पुरुषवादी चिन्तनका बिरुद्ध तपाईहरु लड्नुस् म पनि तपाईंहरुको साथमा छु भन्ने कुरा राख्न चाहन्छु ।’

उनले महंगीले जनताको ढाड सेकेको भन्दै जनताले कुनै राहत नपाएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद मगरले मनाङ जिल्लालाई गत वर्षको बाढीले तहसनहस बनाएकोमा हालसम्म पनि त्यहाँको स्थिति भयावह रहेकाले आवागमन सहज बनाउन सरकारसँग माग गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.