Advertisement

चिकित्सक लाइसेन्सको परीक्षामा ६८ प्रतिशत परीक्षार्थी अनुत्तिर्ण

0 162

Advertisement

१५ जेठ, काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्याथी फेल भएका छन् ।

काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार साँझ प्रकाशन गरेको हो ।

परीक्षामा सहभागीमध्ये ३१ दशमलव ८४ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीमध्ये ४७५ जना मात्र उत्तीर्ण भएका छन् ।

परीक्षाका लागि कुल १ हजार ५१६ जनाले फारम भरेको भएपनि २२ जना अनुपस्थित भएको र २ जनाको नतिजा रोकिएको डा. अधिकारीले बताए ।

‘परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सामेल भएका थिए । यसपटक फेल भएका एक हजार एक सय विद्यार्थी पहिला पनि अनुत्तिर्ण भएका हुन्,’ डा. अधिकारीले भने,’ काउन्सिलले एउटा मापदण्ड तोकेको छ । त्यही अनुसार परीक्षा लिँदा धेरै विद्यार्थी फेल भए ।’

हाल मुलुकमा जम्मा करिव ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता रहेकोमा करिब ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकका रुपमा दर्ता छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.