Advertisement

दुई दिने सार्वजनिक विदा हटाउन सांसद चौधरीको माग

0 255

Advertisement

१० जेठ, काठमाडाैँ । सांसद बिनोद चौधरीले सरकारले परीक्षणको रूपमा २०७९ जेठ १ गतेदेखि लागू गरेको सातामा दुई दिने सार्वजनिक हटाउन माग गरेका छन् ।

अर्थ समितिको बैठकमा सरकारलाई सुझाव दिँदै सांसद चौधरीले सरकारको डेलिभरी सिष्टम ढिलो रहेको भन्दै आइतबारको बिदा हटाउनुपर्ने बताएका हुन् । अहिले सरकारको निर्णयले एक वर्षमा १६५ दिनसम्म विदा हुने अवस्था आएको भन्दै उनले २ दिन विदा दिने निर्णय खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।

अर्थसमितिको छलफलमा मंगलबार बोल्दै उनले दुई दिन सार्वजनिक विदा दिनुको साटो सवारी साधनमा जोर बिजोर प्रणालीमा जान समिने बताए ।

सरकारले यही जेठ १ गतेबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागू गरेको थियो । सो व्यवस्थाअनुसार हाल सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय सञ्चालन हुँदै आइरहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.