Advertisement

नेप्से परिसूचक १५.८२ अंकले घट्यो, कारोबार १ अर्ब भन्दा कम

0 169

Advertisement

०६ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १५.८२ अंकले घटेको छ । पहिलो पटक शुक्रबार सेयर बजार कारोबार भएको हो । बजार २२३५.०९ बिन्दुमा आएर रोकिएको छ ।

शुक्रबार कुल २२३ कम्पनीको १९ हजार १०९ पटक कारोबारबाट २५ लाख २४ हजार २६८ कित्ता सेयर किनबेच भएको छ । शुक्रबार कारोबार रकम भने मात्र ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको मात्र भएको छ ।

म्युचअल फन्ड बाहेक शुक्रबार सबै उपसमूहको नेप्से परिसूचक ओरालो लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा व्यापार र अन्य उपसमूहका लगानीकर्ता छन् ।

घटेको बजारमा समेत सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताको भने प्रतिकित्ता ३९ रुपैयाँका दरले मूल्य बढ्यो । यो कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै २.७३ प्रतिशतले बढेको हो ।

श्री इन्भेष्टमेन्ट फाइनान्स, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समेत बढ्यो । सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको मूल्य ४.९४ प्रतिशतले घट्यो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.