Advertisement

प्रमुखमा रहेका तीन महिला उम्मेदवार नै पराजित

0 143

Advertisement

०५ जेट, वालिङ । स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित हुनुभएको छ । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिनुभएका तीन महिला पराजित हुनुभएको हो ।

पुतलीबजार नगरपालिकाको प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा माया रानाले उम्मेदवारी दिनुभएको थियो । नेकपा एमालेबाट पुतलीबजार नगर प्रमुखमा उम्मेदवारी दिनुभएकी क्षेत्री यसअघि नगर प्रमुख हुनुहुन्थ्यो । विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका तुल्सीराम रेग्मीलाई पराजित गर्नुभएकी क्षेत्री अहिले रेग्मीबाट नै पराजित हुनुभएको हो ।

नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बन्नुभएका रेग्मी १२ हजार ४९४ मत पाएर पुतलीबजारको नगर प्रमुखमा निर्वाचित हुनुभएको हो भने पराजित हुनुभएकी क्षेत्रीले १० हजार ९० मत प्राप्त गर्नुभयो ।

त्यस्तै अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएकी गुरुङ नेपाली कांग्रेसका प्रकाश तिवारीसित पराजित हुुनुभएको हो । गाउँपालिकाको अध्यक्षमा विजयी तिवारीले पाँच हजार २९१ मत ल्याउँदा उहाँकी प्रतिस्पर्धी गुरुङले तीन हजार ३४७ मत ल्याउनुभयो । गुरुङ २०७४ मा गाउँपालिकाको उपाध्यक्षमा विजयी हुनुभएको थियो ।

त्यस्तैगरी कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकातर्फबाट उम्मेदवारी दिनुभएकी राना एमालेका उम्मेदवार खिमबहादुर थापासित पराजित हुनुभएको छ । अध्यक्षमा विजयी हुनुभएका थापा छ हजार ७०० मत ल्याएर विजयी हुँदै गर्दा राना पाँच हजार ५५ मत ल्याएर पराजित हुनुभयो ।

विसं २०७४ को निर्वाचनमा थापा गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको थियो । यो उहाँको दोस्रो कार्यकाल हो । यसअघिको निर्वाचनमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा क्षेत्रीमात्रै एकल महिला उम्मेदवार बनी विजयी भए पनि यसपटक क्षेत्री, गुरुङ र राना तीन जना हुनुहुन्थ्यो तर तीनै जना अनुमोदित हुन सक्नुभएन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.