Advertisement

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

0 137

Advertisement

०१ जेठ, काठमाडाैँ । महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न १ बजे सर्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (एमाले)का केशव स्थापितले एक हजार १९९ र नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ५७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले २४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २३३ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार २३२, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ६४७ र राप्रपाका बिनिता मगैयाले ५४० मत प्राप्त गर्नुभएको छ । कामपा वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

मतगणनामा ढिलाइ कारण आलोचना हुन थालेपछि निर्वाचन कार्यालयले गणना केन्द्र थप गरेको छ । कार्यालयले एक केन्द्र थप गरी विभिन्न छ स्थानबाट मतगणना गर्न थालेको छ । कामपा वडा नं ३१ को गणना शुरु गरिएको छ । वडा नं ३२, १, २, ३ र ४ को गणना अन्तिम चरणमा रहेको र छिट्टै विजेता घोषणा गरिने कार्यालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.