Advertisement

एप्पलले गुमायो संसारकै मूल्यवान कम्पनीको ताज, साउदी कम्पनी पहिलो स्थानमा

0 178

Advertisement

०१ जेठ, बीबीसी । आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले संसारकै सबैभन्दा मूल्यवान कम्पनीको ताज गुमाएको छ । प्रविधि कम्पनीको शेयरको वृहत बिक्रिसँगै एप्पलको पहिलो स्थान खस्किएको हो ।

यो सँगै साउदी तेलत तथा ग्यास उत्पादक कम्पनी आराम्को संसारकै सबैभन्दा मूल्यवान कम्पनीको पहिलो स्थानमा फर्किएको छ । झण्डै दुई वर्षपछि आराम्कोले एप्पललाई पछि पार्दै पुनः संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो ।

पछिल्लो समय लगानीकर्ताहरुले प्रविधि कम्पनीको आफ्नो शेयर भटाभट बेच्दै कम जोखिमयुक्त क्षेत्रमा लगानी गर्न थालेकोले एप्पलको बजार मूल्य खस्किएको हो ।

लगानीकर्ताहरुले जोखिम मोल्न नचाहेका कारण पछिल्लो समयमा बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्य तिव्र गतिमा ओह्रालो लागेको छ ।

बुधबार न्युयोर्कमा एप्पलको शेयर मूल्यमा ५ प्रतिशतले गिरावट भई कम्पनीको बजार मूल्य २.३७ ट्रिलियन डलरमा झर्यो । यो सँगै एप्पल संसारकै सबैभन्दा मूल्यवान कम्पनीको पहिलो स्थानबाट दोश्रो स्थानमा झर्नपुग्यो । बुधबार साउदी तेल तथा ग्यास कम्पनी आराम्कोको बजार मूल्य २.४२ ट्रिलियन डलर रहेको थियो।

सन् २०२० पछि आराम्को पहिलोपटक संसारको सबैभन्दा मूल्यवान कम्पनी बनेको हो । यो वर्ष कच्चा तेल तथा प्राकृतिक ग्यासको बजार मूल्यमा वृद्धि भएसँगै आराम्कोको शेयर मूल्यमा बढोत्तरी भैरहेको छ । जबकि सन् २०२२ सुरु भएयता एप्पलको शेयर मूल्यमा भने झण्डै २० प्रतिशतले गिरावट भएको छ ।

यद्यपि गत जनवरीमा एप्पलको बजार मूल्य ३ ट्रिलियन डलर पुगेसँगै एप्पल ३ ट्रिलियन डलर मूल्यको विश्व इतिहासकै पहिलो कम्पनी बनेको थियो । कोरोना भाइरस महामारीका बेला ग्याजेटहरुको बिक्रिमा उल्लेख्य वृद्धि भएसँगै एप्पलको आम्दानी, मुनाफा तथा कम्पनीको शेयर मूल्य पनि बढेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.