Advertisement

मोरङका ११ पालिकामा मतगणना सुरु

0 171

Advertisement

३१ बैशाख, मोरङ। मोरङ जिल्लामा रहेको १७ पालिकामा शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनमध्ये ११ पालिकामा मतगणना सुरु भएको छ । मोरङको बेलबारी, उर्लाबारी, रङ्गेली, सुनवर्षी र लेटाङ नगरपालिकामा मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी जहदा, धनपालथान, ग्रामथान, कटहरी, कानेपोखरी र मिक्लाजुङमा पनि मतगणना सुरु भएको छ । विराटनगर महानगरपालिकाको मतगणना भने केहीबेरपछि सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले बताउनुभयो । विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकामा ८९ हजार ६७८ (६७ दशमलव ३५ प्रतिशत) मतदान भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.