Advertisement

नेपाल प्रहरीको आईजीपीमा सिंह र सशस्त्रको आईजीपीमा अर्याल नियुक्त

0 169

Advertisement

१८ बैशाख, काठमाडौं । सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । उनीहरू दुवै आ–आफ्नो संगठनको एआईजी थिए ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बाह्रखरीलाई जानकारी दिए ।

३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीका आईजीपी शैलेश क्षापा क्षेत्री र सशस्त्रका आईजीपी पुष्पराम केसी अनिवार्य अवकाशमा जाँदै छन् ।

प्रहरीमा एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक आईजीपीको दौडमा थिए । सशस्त्रमा एआईजी अर्याल एकल दाबेदार थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.