Advertisement

चर्चामा रहेका स्वतन्त्र र ‘बागी’ उम्मेदवारले बाजी मार्लान् ?

0 187

Advertisement

१८ वैशाख, भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका जगन्नाथ पौडेल चर्चामा छन् । पार्टी निर्णय विपरित उम्मेदवारी दर्ता गरेको भन्दै उनको नेपाली काँग्रेसको सदस्यता खारेज भइसकेको छ । उनलाई समर्थन गर्ने काँग्रेसका वयोवृद्ध नेता तथा चितवनका पूर्व जिल्ला सभापति कृष्णप्रसाद सापकोटा पनि कारबाहीमा परेका छन् ।

पौडेल गठबन्धनलाई चुनौती दिदै उम्मेदवार बनेका हुन् । त्यहाँ नेपाली काँग्रेससहितको गठबन्धनले रेनु दाहाललाई मेयरमा समर्थन गर्ने निर्णय गरिसकेको छ । पौडेलको उम्मेदवारीले दाहाललाई चुनौती बनेको छ । २०७४ को चुनावमा २ सय भन्दा केही बढी मतान्तरले दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई पराजित गरेकी थिइन् । मत गणनामा मत च्यात्ने र चपाउने सम्मको घटना भयो ।

विराटनगरमा जसपा छाडेका उमेश यादवले मेयरमा र माओवादी छाडेकी नमिता न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यादव २०७४ को चुनावमा संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेर तेस्रो बढी मत ल्याउन सके । नमिता न्यौपाने माओवादीबाट उपमेयर उम्मेदवार बनी पराजयका बाबजुद लोकप्रीय मत ल्याउन सकिने । उनीहरुको उम्मेदवारीले गठबन्धनका मेयरका उम्मेदवार काँग्रेसका नागेश कोइराला र उपमेयरका उम्मेदवार अमरेन्द्र यादवलाई चुनौती बनेको छ ।

धनगढी उपमहानगरपालिकामा गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । आँप चिन्ह पाएका हमाल त्यहाँ निकै लोकप्रीय छन् । उनको उम्मेदवारीले गठबन्धन र प्रमुख दलहरुलाई ठूलो चुनौती बनेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.