Advertisement

घोषणा पत्रमा ओलीको टिप्पणीबारे कांग्रेस महामन्त्री थापाले जवाफ दिने

0 214

Advertisement

१४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीका बारेमा नेपाली कांग्रेसले जवाफ दिने भएको छ।

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिका विषयक कार्यक्रमको आयोजना गरेको छ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले ओलीले गरेको टिप्पणीको जवाफ दिने भएका छन्। कांग्रेसले दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा कार्यक्रमको आयोजना गरेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए।

मंगलबार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.