सुनको भाउ तोलामा एक हजार घट्यो, चाँदीको भाउ स्थीर
१३ बैशाख, काठमाडाैँ । नेपाली बजारमा मंगलबार पहेँलो धातु सुनको भाउ तोलामा १ हजार रुपैयाँले घट्दा चाँदीको भाउ भने स्थीर बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा १ हजार रुपैयाँ रुपैयाँले घटेर प्रतितोला मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि १ हजार सस्तिँदै ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । चाँदी मंगलबार सोमबारकै भाउ अर्थात तोलाको १ हजार ३५० रुपैयाँमा नै कारोबार भएको छ । सुको भाउ घटेपनि चाँदीको मूल्य भने यथावत रहेको हो ।
हिजो सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले सस्तिएर छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँ, तेजावी सुनको ९९ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १० रुपैयाँ घटेर १ हजार ३५० रुपैयाँ कारोबार भएके थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९०४ र चाँदी प्रतिऔंस २३ दशमलव ८० डलरको हाराहारीमा कारोबार भइरहेको छ ।