Advertisement

एनएमबि बैंकको प्रदेशस्तरीय ‘कृषि कर्जा योजना’ सुरु

0 174

Advertisement

०८ बैशाख, काठमाडौं । एनएमबि बैंकले प्रदेशस्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा गरेको छ। यो योजना यही वैशाख २ गतेदेखि असार मसान्तसम्म लागू हुनेछ।

बैंकले प्रदेश १ का लागि पाथिभारा व्यावसायिक कृषि कर्जा, मधेश प्रदेशका लागि मधेश व्यावसायिक कृषि कर्जा, बागमती प्रदेशका लागि स्मार्ट कृषि कर्जा, गण्डकी प्रदेशका लागि गण्डकी व्यावसायिक कृषि कर्जा, लुम्बिनी प्रदेशका लागि बुद्धभूमि व्यावसायिक कृषि कर्जा, कर्णाली प्रदेशका लागि कर्णाली व्यावसायिक कृषि कर्जा र सुदूरपश्चिम प्रदेशका लागि सुदूरपश्चिम व्यावसायिक कृषि कर्जा योजना ल्याएको छ।

यस कर्जा योजना अन्र्तगत बैंकले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा सहुलियत, डेबिट कार्डमा सहुलियत, बीमा तथा क्रेडिट कार्ड सुविधाजस्ता आकर्षण थपेको जनाएको छ।

ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा, एनएमबि बैंकले कृषि फाइनान्सिङलाई प्राथमिकता दिँदै आइरहेको छ। यो दिगो व्यवसायका लागि बैंकको रणनीतिक स्तम्भमध्ये एक रहेको जनाइएको छ।

दीर्घकालीन रणनीतिक उद्देश्य अनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आइरहेको जनाएको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएम, ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.