Advertisement

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका युवा नेता निलकण्ठ रिजालको दावेदारी

0 395

Advertisement

०४ वैशाख, चितवन । स्थानीय चुनाव आउन अव २६ दिन बाँकी छ । सरकारले स्थानीय चुनावको घोषणा गरेसंगै विभिन्न राजनीतिक दलहरूमा गठबन्धनका भैरहेको छ । चितवनको भरपुर महानगरपालिकामा पछिल्लो समय नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रले मेयरमा आफ्नो उम्मेदवार बनाउन कसरत गरिरहेको देखिन्छ ।

नेपाली कांग्रेसका युवा नेता निलकण्ठ शर्मा रिजालले पनि आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको दावेदारी पेश गरेका छन् ।

जिल्ला केन्द्रीत राजनीतिसँगै भरतपुरको मेयरमा दाबी गरेपछि उनको चर्चा चुलिएको हो । नेता रिजाल नेपाली कांग्रेस चितवनका महाधिवेशन प्रतिनिधि पनि हुन् । मेयरमा दावी गरेपछि नेता रिजालको नाम अहिले चितवन कांग्रेसभित्र चर्चामा छ ।

रिजालले आइतबार नेपाली कांग्रेस जिल्ला समक्ष भरतपुरको मेयरका लागि आफ्नो नाम प्रस्तुत गरेका छन् । पार्टीले टिकट दिए ‘शिक्षा, स्वास्थ्य र पर्यटनमा मुलुककै केन्द्र बनाउने हाम्रो रहर, कृषिमा आत्मनिर्भर प्रविधिमैत्री हाम्रो भरतपुर महानगर’ नारा लिएर चुनावी मैदानमा उत्रिने रिजालले डिजिटल खबरलाई जानकारी दिनुभयो ।

रिजालको राजनीतिक यात्रा २०४९ सालदेखि नै नेपाल विद्यार्थी संघ वडा इकाई समितिको अध्यक्ष हुँदै राजनीतिमा सक्रिय बनेका थिए । उनी २०५३ सालमा वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियूको सदस्य, २०५५ मा स्ववियू सचिव हुँदै प्राविधिक विद्यार्थी परिषद्को केन्द्रीय अध्यक्ष बनेका थिए । रिजाल २०६१ मा नेविसंघको केन्द्रीय सदस्य, ०६४ मा सहमहामन्त्री र २०७४ मा नेविसंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् ।

आफूलाई टिकट दिए भरतपुरको विकासमा लहर ल्याउने रिजालको दावी छ । उनले यसपटक भरतपुरमा कांग्रेस उम्मेदवारलाई भोट हाल्ने वातावरण बनाउन पर्नेमा जोडदिनुभएको छ ।

रिजाल नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेविसंघको केन्द्रीय राजनीतिमा लामो समय काम गरेर एक इमानदार र कुशल संगठनकर्ताको छवी बनाएका नेताभित्र पर्छन् । रिजाल विगत केही वर्षदेखि चितवन जिल्ला केन्द्रित राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

केन्द्रदेखि स्थानीयस्तरसम्म राम्रो पहुँच बनाउन सफल रिजाल युवापंक्ति नै उम्मेदवार बन्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘युवा पंक्तिलाई उम्मेदवार बनाउनुपर्छ, अब देश युवाले चलाउने हो, यस देशको मुहार फेर्न युवा पंक्ति नै नेतृत्वमा आउनुपर्छ भन्ने मेरो मान्यता छ ।’

बारम्बार राजनीतिमा अवसर पाउँदै गर्दा युवा सधैँ बहिस्कृत हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ । युवा नेता रिजाल लामो समय नेविसंघको केन्द्रीय सदस्य, सहमहामन्त्री हुँदै उपाध्यक्षसम्म बनेका हुन् । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समिति अधिकांस नेविसंघको राजनीतिबाटै उदाएका छन्।

नेपाली कांग्रेसका युवा नेता निलकण्ठ शर्मा रिजाल

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिमा अगाडि बढेका रिजाल पछिल्लो समय चितवन कांग्रेसका सबै गतिविधिमा सरिक हुँदै आएका छन् ।

भरतपुरमै जन्मेर, भरतपुरकै माटोमा हुर्के बढेको हुनाले भरतपुरवासीको वास्तविक समस्या आफूले लामो समय अगाडिदेखि नै देखेको, बुझेको र प्रत्यक्ष अनुभव गर्ने अवसर पाएकाले महानगरवासीको मन जित्न सक्ने उनको दावी छ । भरतपुरलाई देशकै नमुना शहर बनाउने आफूसँग स्पष्ट दृष्टिकोण र कार्ययोजना समेत रहेको उनले बताउनुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.