Advertisement

कांग्रेस प्रवक्ता भन्छन्– महानगर र उपमहानगर बाहेकमा तालमेल बाध्यता छैन

0 195

Advertisement

०३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले महानगर र उपमहानगर बाहेक (स्थानीय तह)मा तालमेल गर्नैपर्ने भनेर केन्द्रबाट निर्देशन नहुने बताएका छन्।

शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकका सन्दर्भमा पत्रकारसँग कुरा गर्दै प्रवक्ता महतले सत्तारुढ दलहरुको गठबन्धनसँग तालमेल नै गर्नुपर्ने बाध्यता नभएको पनि बताए।

जहाँ तालमेल हुन सक्दैन, ती ठाउँको रिपोर्ट केन्द्रमा दिनुपर्ने भनेर निर्देश गरिएको महतले जानकारी दिए। तर, गठबन्धन गर्नैपर्छ भनेर केन्द्रबाट निर्देशन नभएको उनको भनाइ छ।

तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने छुट स्थानीय तहलाई भएको उनले बताए। उनले एमालेसँग भने गठबन्धन गर्न नपाइने स्पष्ट पारे।

‘कदाचित तालमेल सम्भव भएन भने रिपोर्ट गर्नुहोला भनेका छौँ,’ उनले भने, ‘नगरपालिका र गाउँपालिकामा त्यही तहबाट तालमेल हुन्छ। केन्द्रबाट कुनै कुनै निर्देशन जाँदैन।’

पार्टीका स्थानीय समितिहरुले नै वस्तुस्थिति र आवश्यकताअनुसार तालमेलबारे गर्नसक्ने उनले बताए। ‘तालमेल हुनै पर्छ भनेर हामीले बाध्य पार्दैनौँ,’ उनले भने, ‘मित्रवत् प्रतिस्पर्धा गर्छौं भनेर जिल्लाका साथीले भन्नुभयो भने त्यही हुन्छ, तर एमालेसँग भने तालमेल हुँदैन।’

यसअघि बसेको कांग्रेसले शीर्ष बैठकको मापदण्डअनुसार तालमेल सम्भव भएका ठाउँमा तालमेल गर्ने र नभएको अवस्थामा तलकै समितिहरू एक्ला–एक्लै प्रतिस्पर्धाको निर्णय गर्न स्वतन्त्र रहेको उनले बताए।

कार्यसम्पादन समितिको बैठकमा महानगर र उपमहानगरपालिकाको हकमा कसरी भागबन्डा गर्ने भन्ने विषयमा छलफल भइरहेको महतले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.