Advertisement

रुससँग आधिकारिक रुपमै व्यापार बन्द गर्ने युक्रेनको घोषणा

0 211

Advertisement

२७ चैत, एजेन्सी । रुसबाट गरिने सामानहरुको आयातमा युक्रेनले पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । युद्धले जटिल रुप लिँदै गरेपछि युक्रेनले सो निर्णय गरेको हो ।

रुसले वार्षिक रुपमा युक्रेनमा करिब ६ अर्ब डलर बराबरको कारोबार गर्ने गरेको छ ।

युक्रेनी अर्थमन्त्री युलिया स्वीरडेनकोले आफ्नो फेसबूक पेज मार्फत रुससँग आधिकारिक रुपमा व्यापार बन्द गरेको घोषणा गरेकी थिइन् । फेसबूकमा उनी लेख्छिन् , “अब आउने समयमा रुसका कुनै पनि सामाग्री युक्रेन भित्र आउन दिइने छैन । हाम्रो देशको दुश्मनले अब देखि आफ्नो बजेटमा युक्रेनी पैसा जोड्न सक्ने छैन । व्यापार प्रतिबन्ध गर्नाले रुसको युद्धका लागि आवश्यक पर्ने वित्त कम गर्न सघाउने छ । ”

फेबु्रअरी २४मा रुसले युक्रेनमाथि विशेष सैनिक अप्रेशन सञ्चालन गरेपछि रुस र युक्रेनबीच व्यापार शून्य जस्तै भएको थियो । युक्रेनी अर्थमन्त्री युलियाले आधिकारिक रुपमा नै व्यापार बन्द गर्ने बताएकी छिन् । यसका साथै उनले पश्चिमा देशहरुलाई रुस तथा रुसी बैंकमाथि कडा आर्थिक प्रतिबन्ध लगाउन अनुरोध पनि गरेकी छिन् ।

यसैबीच युक्रेनी प्रधानमन्त्री भोलोदिमिर जेलेन्सकीले पश्चिमा देशहरुलाई रुसी तेल आयातमा प्रतिबन्ध लगाउन भनेका छन् । पश्चिमा देशहरुले युद्ध नियन्त्रण गर्नको लागि रुसमाथि विभिन्न प्रतिबन्धहरु लगाइरहेका छन् । यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले आगामी समयमा रुसमा थप प्रतिबन्ध लगाइने बताएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.