Advertisement

॥ रावणको आचार्यत्त्व पछिको एक चाहना : अद्भुत प्रसङ्ग ॥

0 477

Advertisement

बच्चुराम वाग्ले

२७ चैत, काठमाडाैं ।

श्री गणेशाय नमः ॥ सीयावर रामचन्द्रको जय ॥

बाल्मीकि रामायण र तुलसीकृत रामायणमा यस कथाको वर्णन छैन, तर तामिल भाषामा लेखिएको महर्षि कम्बनको इरामावतारम्मा यो कथा छ । रावण शिवभक्त, विद्वान एवं वीर मात्र थिएनन्, अति-मानववादी पनि थिए । उनलाई भविष्यको ज्ञान थियो। उनी जान्दथे कि श्रीराम सँग जीत हासिल सम्भव छैन। जब श्रीरामका हातबाट खर-दूषणको सरलतापूर्वक बध भयो, तब तुलसी कृत मानसमा पनि रावणमनको भाव लेखिएको छ।

खर दूसन मो सम बलवंता।
तिनहि को मरहि बिनु भगवंता॥

जामवन्तजी रावणलाई आचार्यत्वको निमन्त्रण लिएर लंका पठाईयो।

जामवन्तजी ठूलो कदका थिए, उनी आकारमा कुम्भकर्ण हाराहारी थिए । उनको लवाई र चालढालले छोटामोटा अधिकारी प्रभावित हुन्थे र त्यहाँ पनि त्यही भयो, लंकाका द्वारपाल देखि नगर प्रहरी सबैले विनम्रतापूर्वक तथा सरलतापूर्वक मार्ग प्रसस्त गरे, सेवामा कमी भएन, लंकेश रावणसम्म पुगे । मार्गमा कसैलाई सोध्ने, अलमल पर्ने अवस्था नै आएन । उनको ठाँटबाँटमा स्वयं रावणले जामवन्तलाई अभिनन्दनको उपक्रम गर्दैगर्दा उनले मुस्कुराउँदै त्यस किसिमको पात्रता प्रस्तुत हुन जरुरी नपरेको बताउँदै उनी वनवासी रामको दूत बनेर आएको खुलासा गरे । श्रीरामले तपाईंलाई सादर प्रणाम भनेर सन्देश पठाउनुभएको छ भन्दै सबै विस्तार गरे ।

रावणले सविनय उत्तर दिए, – तपाईं हाम्रो पितामहका भाई हुनुभएकाले मेरा कनिष्ठपितामह! यस नाताले तपाईं हाम्रो पूज्य हुनुहुन्छ। कृपया आसन ग्रहण गर्नुहोस्; यदि, तपाईं मेरो निवेदन स्वीकार गर्नुहुन्छ भने, सम्भवतः म पनि तपाईं मार्फत् प्राप्त संदेश सावधानीपूर्वक सुन्न सकूँला!

जामवन्तले केही आपत्ति जनाएनन्। उनले आसन ग्रहण गरे। रावणले पनि आफ्नो स्थान ग्रहण गरे। तदुपरान्त जामवन्तले पुनः सुनाए कि वनवासी रामजीले सागर-सेतु निर्माण उपरान्त यथाशीघ्र महेश्वर-लिंग-विग्रहको स्थापना गर्न चाहनुभएको छ । यस अनुष्ठान सम्पन्न गर्नका लागि उहाँले ब्राह्मण, वेदज्ञ र शैव रावण तपाईंलाई आचार्य पदमा वरण गर्ने इच्छा प्रकट गर्नुभएको छ । म वहाँको तर्फबाट तपाईंलाई आमन्त्रित गर्न आएको छू ।

अौपचारिक सत्कार उपरान्त रावणले हर्षित मुद्रामा सोधिहाले, – के रामले महेश्वर-लिंग-विग्रह स्थापना लंका-विजयको कामनाद्वारा गर्न लागेका हुन्?

जामवन्तले भने, -बिल्कुल ठीक। श्रीरामको महेश्वरका चरणमा पूर्ण भक्ति छ। तपाईं पनि शैव-ब्राह्मण हुनुहुन्छ ।
जीवनमा प्रथम वार कोही हुनुहुन्छ, जसले रावणलाई ब्राह्मण मानेका छन् र आचार्य बन्ने योग्य जानेका छन् । यस घडीमा उदीयमान प्रस्तावलाई के रावणले स्वीकार गर्लान्? श्रीरामको यो प्रस्तावले रावणलाई विद्वान भनेर सम्बोधन गर्दै गर्दा कतै उनलाई मूर्ख भनाउन चाहेका हुन्? के रावण यति धेरै मूर्ख भनाउन चाहलान्? उनी भारतवर्षका प्रथम प्रशंसित महर्षि पुलस्त्यका सहोदरभाई महर्षि वशिष्ठका यजमानको आमन्त्रण र आफ्ना आराध्य देवको स्थापना हेतु आचार्यत्त्व अस्वीकार गर्लान् त?
रावणले सह्मालिंदै भने, – तपाईं आउनुभयो । यजमान उचित अधिकारी हुन्, उसलाई आफ्नो दूतको संरक्षण दिन आउँछ । रामसँग भन्नुहोला कि मैले उहाँको आचार्यत्व स्वीकार गरें।

जामवन्त विदाई उपरान्त लंकेशले सेवकलाई आवश्यक सामग्री संग्रह हेतु आदेश दिएर स्वयं अशोक वाटिका पुगे, जो आवश्यक उपकरण यजमानले उपलब्ध गर्न नसके त्यो जुटाउनु आचार्यको परम कर्त्तव्य हुन्छ। रावण जान्दथे कि वनवासी रामका साथ के छ, के हुनु र के गर्नु पर्छ ?

अशोक उद्यान पुग्ने बित्तिकै रावणले सीतालाई भने, -राम लंका विजय कामनाले समुद्रतटमा महेश्वर लिंग विग्रह स्थापना गर्ने भएका छन् र रावणलाई आचार्य वरण गरेका छन्।

“यजमानको अनुष्ठान पूर्ण होस् यो दायित्व आचार्यको पनि हुन्छ । तिमी जानकार छौ कि अर्द्धांगिनी विना गृहस्थको सबै अनुष्ठान अपूर्ण रहन्छ। विमान आइरहेको छ, त्यसमा आरूढ हुनु । ध्यान रहोस् कि तिमी त्यहाँ पनि रावणको अधीन रहने छौ । अनुष्ठान समापन उपरान्त यतै फिर्ता आउनका लागि विमानमा पुनः आरूढ हुनु।”

स्वामीको आचार्य अर्थात् स्वयंको आचार्य! यो जानेर जानकीजीले दोवै हात जोडेर मस्तक झुकाइदिनुभयो । मुक्तकण्ठले “सौभाग्यवती भव:” भनेर रावण दुवै हातले भरपूर आशीर्वाद दिए।

सीता सहित अन्य आवश्यक उपकरण लिएर रावण आकाश मार्ग हुँदै समुद्र तटमा अवतरित भए।
“आदेश पाउने बित्तिकै आउनु” भनेर सीतालाई उनले विमानमा नै छोडेर स्वयं रामजीका सम्मुख पुगे।

जामवन्तबाट संदेश पाएर श्रीराम भाई, मित्र र सेना सहित रावणको स्वागत सत्कार हेतु पहिले नै तत्पर थिए। सम्मुख हुने बित्तिकै वनवासी राम आचार्य दशग्रीवलाई हात जोडेर प्रणाम गरे।

“दीर्घायु भव। लंका विजयी भव।” दशग्रीवका आशीर्वचन शब्दले सबलाई चकित बनायाे। सुग्रीव मात्र हैन विभीषणलाई पनि उनले उपेक्षा गरिदिए, उनीहरू छँदै छैनन् जस्तो ।

भूमि शोधन उपरान्त रावणाचार्यले भने, -यजमान! अर्द्धांगिनी कहाँ छिन्? उनलाई यथास्थान आसन दिनुहोस्।
श्रीरामजीले मस्तक झुकाउँदै हात जोडेर अत्यन्त विनम्र स्वरले प्रार्थना गरे, कि यदि यजमान असमर्थ छन् भने योग्याचार्य सर्वोत्कृष्ट विकल्पको अभावमा अन्य समकक्ष विकल्पबाट पनि त अनुष्ठान सम्पादन गर्न सक्दछन् ।

“अवश्य-अवश्य, किन्तु अन्य विकल्पको अभावमा यस्तो सम्भव छ, प्रमुख विकल्पको अभावमा होइन । यदि तिमी अविवाहित, विधुर अथवा परित्यक्त हौ भने सम्भव थियो। यी सबैको अतिरिक्त तिमी संन्यासी पनि होइन र पत्नीहीन वानप्रस्थको पनि तिमीले व्रत लिएका छैनौ । यी परिस्थितिमा पत्नीरहित अनुष्ठान तिमी कसरी गर्न सक्दछौ ?”

”कुनै उपाय आचार्य?”

“आचार्यले प्रयुक्त साधन, उपकरण अनुष्ठान उपरान्त फिर्ता लैजाने छ । स्वीकार छ भने कसैलाई पठाउ, सागर सन्निकट पुष्पक विमानमा यजमान पत्नी विराजमान छिन्।”

श्रीरामले हात जोडेर मस्तक झुकाउँदै मौन भावले त्यो सर्वश्रेष्ठ युक्तिलाई स्वीकार गरे । श्रीरामादेश परिपालनमा, विभीषण मन्त्रिहरू सहित पुष्पक विमानसम्म गए र सीता सहित पूजामण्डपमा उपस्थित भए।

”अर्द्ध यजमानका पार्श्व भागमा बसेका अर्द्ध यजमान।”
आचार्यको यस आदेशको वैदेहीले पालन गरिन्।

गणपति पूजन, कलश स्थापना र नवग्रह पूजन उपरान्त आचार्यले सोधे – लिंग विग्रह?

यजमानले निवेदन गरे कि लिंग विग्रहलाई लिन गत रात्रि प्रथम प्रहरमा पवनपुत्र कैलाश गइसके । केही समयमा त आइपुग्ने छन् ।

आचार्यले आदेश दिए – विलम्ब गर्नु हुन्न । उत्तम मुहूर्त उपस्थित भईसक्यो, त्यसैले अविलम्ब यजमान-पत्नी बालुवाको लिंग-विग्रह स्वयं निर्माण गरुन्।

जनक नन्दिनी स्वयं कर-कमलले समुद्र तटको आर्द्र रेणुका बटुलेर आचार्यको निर्देशानुसार यथेष्ट लिंग-विग्रह निर्माण गरिन्।
यजमान द्वारा समुद्र तटको आर्द्र रेणुकाको आधार पीठ बनाइयो। श्री सीतारामबाट ठाउँको ठाउँ महेश्वर लिंग-विग्रह स्थापित भयो ।

आचार्यले परिपूर्ण विधि-विधानका साथ अनुष्ठान सम्पन्न गराए। अब पालो आयो आचार्यको दक्षिणाको।
श्रीरामले सोध्नुभयो -तपाईंको दक्षिणा?

पुनः एक वार सबैलाई अाश्चर्य चकित पार्यो आचार्यको शब्दले ।

के को हतार? तिमी यजमान खुल्ला समुद्रको आर्द्र रेणुकाको बलमा उभिएको अवस्थामा छौ, म स्वर्णपुरीको स्वामीलाई दक्षिणा सम्पत्तिले आकर्षण गर्न सक्दैन । आचार्य जान्दछन् कि उनका यजमान वर्तमानमा एक वनवासी हुन्।

तर फेरि पनि राम आफ्नो आचार्यको जुनसुकै माँगलाई पूर्ण गर्ने प्रतिज्ञा गर्दछु।

आचार्य जब मृत्यु शैय्या ग्रहण गरोस्, तब यजमान उसको सम्मुख उपस्थित रहोस्।
आचार्यले आफ्नो दक्षिणा माँगे।

त्यस्तै हुनेछ आचार्य ।
यजमानले वचन दिए र समय आएपछि आफ्नो प्रतिज्ञा पूरा गरे ।

रघुकुल रीति सदा चली आई।
प्राण जाई पर वचन न जाई॥

यो दृश्य वार्ता देखेर सुनेर उपस्थित समस्त जन समुदायको नयनाभिराम प्रेमाश्रुजलले भरियो ! सबैले एक साथ एक स्वरले सच्चा श्रद्धाका साथ यस अद्भुत आचार्यलाई प्रणाम गरे । रावण जस्ता भविष्यद्रष्टाले जो दक्षिणाको माँग गरे, त्यसले वास्तविक दक्षिणा के हुन सक्छ? भन्ने सवालको जवाफ दिएको छ । यजमान र आचार्य बीचको भावनात्मक सम्बन्धलाई रावणाकृत व्यवहारले मुखरित गरेको छ । आफ्नो कुललाई हरिधाम पुर्याउने सरल/कठीन कार्ययोजना महादेवको अनुग्रह थियो । रावण यज्ञ-कार्य पूरा गर्ने हेतु रामकी बन्दी पत्नीलाई शत्रुका समक्ष प्रस्तुत गर्न सक्दछ र यज्ञ सम्पन्न पश्चात् श्रीरामबाट भुक्तान हुने दक्षिणा कसरी माँग गर्न सक्दछ ?

(श्रीरामेश्वरम् देवस्थानमा लेखिएको छ कि यस ज्योतिर्लिंगको स्थापना श्रीरामले रावण द्वारा गराईएको थियो ।)
अस्तु : ॥

॥ऊँ नमः शिवाय॥
॥ॐ श्री गुरुभ्यो नमः॥



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.