Advertisement

भूमिहीनलाई निस्सा वितरण गर्दै पालिका

0 262

Advertisement

२७ चैत, दमौली । वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई तनहुँका पालिकाले निस्सा वितरण गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका दुई पालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेका हुन् ।

शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले सबै वडाका भूमिहीनलाई निस्सा वितरण सुरु गरेका छन् । शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी–७ शान्तिनगरबाट निस्सा वितरण सुरुआत गरेको हो ।

शुक्लागण्डकी–७ का ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका थिए । तीमध्ये ८६६ भूमिहीनको विवरण प्रविष्ट गरिएकामा पहिलो चरणमा २४७ लाई निस्सा वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो । निस्सा वितरणसँगै लालपुर्जाको प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो ।

नगरपालिकाका १२ वटै वडाबाट चार हजार ४०३ भूमिहीनको निवेदन सङ्कलन भएको छ । यहाँका भूमिहीन विगत लामो समयदेखि लालपुर्जा पाउने आशामा बसिरहेका छन् । पटक–पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन सङ्कलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपुर्जा पाउन सकेका छैनन् ।

बन्दीपुरले पनि भूमिही सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो ।

राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुर–१ बाट निस्सा वितरण थालिएको छ । उक्त वडाका ७४ जनालाई निस्सा वितरण गरिएको र सबै वडामा निस्सा वितरण गरिने उहाँले बताउनुभयो ।

यसैगरी बन्दीपुर–४ र ५ का १३० भूमिहीनलाई निस्सा वितरण गरिएको छ । अध्यक्ष थापाका अनुसार गाउँपालिकाका छवटै वडामा करिब ३२५ भूमिहीनलाई निस्सा वितरण गरिनेछ । “भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा वितरण गरेका हाँै, निस्सा दिएपछि अब लालपुर्जा पनि पाइन्छ भन्ने स्थानीयवासीलाई हौसला दिएका छौँ”, उहाँले भन्नुभयो । निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले उनीहरुले लालपुर्जा पाउने पक्का भएको अध्यक्ष थापाले बताउनुभयो ।

चार स्रष्टा सम्मानित

शुक्ला साहित्य सङ्गम तनहुँले विभिन्न विधामा चार स्रष्टालाई सम्मान गरेको छ । तनहुँको शुक्लागण्डकीस्थित दुलेगौडामा शनिबार आयोजित कार्यक्रममा विभिन्न विधाका चार स्रष्टालाई सम्मान गरिएको हो ।

शुक्ला विशिष्ट सम्मानबाट कास्कीका साहित्यकार एवं प्राज्ञ रमेश श्रेष्ठ पुरस्कृत हुनुभएको छ । उहाँलाई नगद रु १५ हजारसँगै सम्मानपत्रले पुरस्कृत गरिएको छ । शुक्ला पुरस्कारबाट झापाका साहित्यकार जनार्दन दाहाललाई पुरस्कृत गरिएको छ । उक्त सम्मानको राशि रु १० हजार रहेको छ ।

शुक्ला प्रतिभा पुरस्कार तनहुँका साहित्यकार अनिल श्रेष्ठ र र शुक्ला पूर्ण बाल प्रतिभा पुरस्कार तनहुँका अनुप लामिछानेलाई प्रदान गरिएको छ । शुक्ला प्रतिभा पुरस्कारको राशि रु पाँच हजार र शुक्ला पूर्ण बाल प्रतिभा पुरस्कारको राशि रु दुई हजार ५०० छ ।

स्रष्टाहरुलाई वरिष्ठ साहित्यकार एवं प्राज्ञ सरुभक्त श्रेष्ठ, शुक्ला साहित्य सङ्गमका कार्यवाहक अध्यक्ष रामशरण गैरे र सङ्गमका संरक्षक शेषमणि आचार्यले सम्मान गर्नुभएको हो । संस्थाले नेपाली साहित्यको क्षेत्रमा योगदान पु¥याएका स्रष्टालाई सम्मान गर्दै आइरहेको पूर्वअध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । सङ्गमले हरेक दुई वर्षका अवधिमा यो पुरस्कार प्रदान गरिरहेको छ ।

रु तीन लाखको अक्षयकोष स्थापना गरी पुरस्कृत गर्न थालिएको बताइएको छ । संस्थाले यसअगाडि शुक्ला विशिष्ट पुरस्कार कवि तथा साहित्यकार डा रामप्रसाद ज्ञवाली, शुक्ला पुरस्कार साहित्यकार धीरेन्द्र प्रेमर्षी, शुक्ला प्रतिभा पुरस्कार कवि जगन्नाथ पौडेल र सुष्मा सिग्देल तथा शुक्ला बाल प्रतिभा पुरस्कार अमृत ढकाललाई प्रदान गरेको थियो । सोही अवसरमा सम्मानित स्रष्टा जनार्दन दाहालको गजल सङ्गह ‘यी मान्छे यी नजर’ विमोचन गरिएको छ । दाहालको चौथो कृतिमा ८५ गजल समावेश छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.