Advertisement

यसरीहटाउनुहाेस ट्रूकलर एपबाट आफ्नो नाम र नम्बर

0 474

Advertisement

०८ चैत, काठमाडौं । ट्रू कलर आफूलाई फोन गर्ने मानिसहरुको नाम र नम्बर थाहा पाउन प्रयोग गरिने निकै लोकप्रिय एप हो।

विश्वभर यो एपको प्रयोग लाखौं जनाले गर्दै आइरहेका छन्। ट्रू कलरमार्फत् फोन गर्ने व्यक्तिको कलर आईडी हेर्न सकिन्छ। सेभ नगरेको नम्बर पनि यो एपले देखाइदिन्छ।

यसबाहेक ट्रू कलरमार्फत् अज्ञात नम्बरको डिटेल पनि पाउन सकिन्छ जसबाट ठगीको उद्देश्यले गरिएका स्क्याम कलहरुलाई पनि ट्र्याक गर्न सकिन्छ।

डिजिटल मीडियाले जीन्दगी सरल बनाइरहँदा गोपनीयताको खतरा भने सधैं रहिरहन्छ। तपाईँले यो एप प्रयोग नगरे पनि तपाईँको नम्बर र नाम यसको डाटाबेसमा हुन सक्छ।

कसैले ट्रूकलरमा तपाईँको कन्ट्याक्ट डिटेल सेभ गरेको खण्डमा एपको डाटाबेसमा बस्दछ।

यस्तोमा आफूलाई अरु कसैले सर्च गर्न नसकोस् भन्ने चाहनुहुन्छ भने डाटाबेसबाट आफ्नो नम्बर हटाउनु उपयुक्त हुन्छ। ट्रू कलरबाट आफ्नो एकाउन्ट वा नाम/नम्बर कसरी हटाउने त? अपनाउनुहोस् यी तरिका:

सबैभन्दा पहिले ट्रू कलर एप ओपन गर्नुहोस्
अब दायाँपट्टि कुनाको माथि रहेको आइकनमा ट्याप गर्नुहोस्
अब सेटिङ्समा जानुहोस्
अब एबाउटमा क्लिक गर्नुहोस्
अब डिएक्टिभेशन एकाउन्ट अप्शन सेलेक्ट गर्नुहोस्
अब एकाउन्ट डिलिट गरिदिने एउटा पप अप आउँछ र डिलिट गर्ने पक्का हो भनेर सोधिन्छ।
अब यस्मा क्लिक गर्नुहोस्
यसपछि तपाईँ ट्रू कलरबाट लग आउट हुनुहुन्छ। तपाईँको एकाउन्ट पनि डिलिट हुन्छ।
यसपछि नम्बर हटाउनुपर्छ। त्यसका लागि:

सबैभन्दा पहिले truecaller.com मा जानुहोस्
ट्रू कलरको ‘अनलिस्ट फोन नम्बर’ पेजमा जानुहोस्
अब कन्ट्री कोडका साथै आफ्नो फोन नम्बर राख्नुहोस्
अब आफू रोबोट नभएको भेरिफाई गर्नुहोस्
अनलिस्ट हुन चाहेको कारण उल्लेख गर्नुहोस्
यपछि भेरिफिकेशन क्याप्चामा दिइएको अक्षरहरु लेखेर ‘अनलिस्ट’ अप्शनमा क्लिक गर्नुहोस्
यसपछि २४ घण्टाभित्रमा तपाईँको नम्बर अनलिस्ट हुन्छ



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.