Advertisement

विकासको खाका बनाई नेकपा(एस) चुनावमा होमिने

0 380

Advertisement

०८ चैत, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)को बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा कार्यालय उद्घाटन गरिएको छ । पार्टीका काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीले सोमबार वडा कार्यालयको उद्घाटन गर्दै पार्टीले स्थानीयवासीसँग छलफल गरी नगरपालिकाको पाँचवर्षे विकास खाका तयार गर्ने जानकारी दिनुभयो ।

वाग्मती प्रदेशसभा सदस्य कार्कीले जनतामाझ आफ्ना योजना लगी त्यसलाई पूरा गर्ने प्रतिबद्धताका साथ पार्टी आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने जानकारी दिनुभयो ।

एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुमार ओझाले स्वच्छ र इमान्दार नेतृत्व रहेको आफ्नो पार्टीमा सहभागी हुन र निर्वाचनमा सहयोग गर्न सबैमा आह्वान गर्नुभयो ।

पार्टी केन्द्रीय सदस्य सीता श्रेष्ठ, पार्टी वाग्मती प्रदेश सदस्य ठाकुर खकुरेल, पार्टी वडा कमिटीका अध्यक्ष केदार चौलागाईँ, नगर कमिटी सदस्य हरिबहादुर बस्नेत र पार्टी वडा सचिव विश्वबल्लभ नेपालले आगामी निर्वाचनमा सफलता प्राप्त गर्नका लागि सबै नेता–कार्यकर्तालाई जनताका घरघरमा जान आग्रह गर्नुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.