Advertisement

चुनावी अजेन्डाबारे छलफल गर्न एमालेले बोलायो पोलिटब्युरो बैठक

0 209

Advertisement

०७ चैत, काठमाडाैँ । स्थानीय तह निर्वाचन तथा अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ।

बैठक आज (सोमबार) बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने जनाइएको छ। आजको बैठकले स्थानीय तहका उम्मेद्वारको मापदण्डसमेत तयार पार्ने जनाइएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे समेत छलफल हुने रिजालले बताए।

आजको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका लागि अजेन्डासमेत तय गर्नेछ। एमालेले चैत ९ र १० गते केन्द्रीय कमिटीको तथा १३ गते स्थायी कमिटीको बैठक बोलाएको छ। चुनावी अजेण्डा र उम्मेदवारको मापदण्डको टुंगो भने पार्टीको स्थायी कमिटी बैठक बसेपछि मात्रै लगाइने जनाइएको छ।

एमालेको पोलिटब्युरोमा १९ पदाधिकारी र २६ स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.