Advertisement

भारतमा कोरोनाभाइरसबाट तीन हजार छ सय नयाँ सङ्क्रमित

0 302

Advertisement

२८ फागुन, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन हजार ६१४ जना सङ्क्रमित भएका छन् ।योसँगै देशभरी अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४० हजार ५५९ पुगेको छ ।

संघीय स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख १५ हजार ८०३ रहेको छ । ती मध्ये ८९ जनाको भने पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा पाँच हजार १८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.