Advertisement

फेरि ‘घेराबन्दीमा’ प्रचण्ड

0 366

Advertisement

२२ फागुन, काठमाडौं । एमसीसी अनुमोदन गरेपछि चीन पनि प्रचण्डसँग सशंकित छ । यसरी उनी जताततैबाट अप्ठ्यारोमा परेका छन् ।

एमसीसी अनुमोदनको पक्षमा नलाग्दा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध हटाउने प्रस्ताव आउने देखि चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव फिर्ता हुने अवस्था बन्थ्यो । प्रचण्डले त्यो जोखिम मोल्न तयार भएनन् । तर, उनले पार्टीभित्र दुर्घटनाको चुनौती झेल्न थालेका छन् ।

कुनैपनि बेला माओवादी विभाजन हुने अवस्था विकास भएको छ । नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र पक्षधर नेताहरुलाई मिलाउन प्रचण्डलाई हम्मे परेको छ । विप्लव र किरणसँगको एकता प्रयास अब अगाडि नबढ्ने भएको छ । बरु विप्लवको चुनौती प्रचण्डले झेल्नुपर्ने उनको अभिव्यक्तिबाट देखिइसकेको छ ।

नेपाली काँग्रेसभित्र पनि माओवादीसँग चुनावी तालमेल गर्न नहुने आवाज उठ्न थालेको छ । एमसीसी अनुमोदन गर्न देउवाले प्रचण्डसँग चुनावी तालमेलको भद्र सहमतिको चर्चा चलिरहँदा काँग्रेसको डा. शेखर कोइराला पक्षधरले आवाज उठाउन थालिसकेको छ । शेखर कोइराला, धनराज गुरुङ, गगन थापालगायतले माओवादीसँग चुनावी तालमेल कुनै हालतमा नहुने भन्न थालेका छन् ।

चुनाव भइहालेमा प्रचण्डलाई सजिलो छैन । एमसीसीको सुरुमा घोर विरोध गरेर पछि अनुमोदन गरेकाले समर्थकमाझ सन्देश राम्रो गएको छैन । अर्कोतर्फ, बाह्य परिस्थिति पनि प्रचण्डको अनुकूल देखिदैन ।

आज एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी समाप्त हुने बताएका छन् । उनले प्रचण्डको राजनीति पनि समाप्त हुने टिप्पणी गरे । यो भनाई अर्थपूर्ण मानिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.