आजदेखि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक
२० फागुन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । एमसीसीलाई लिएर पार्टीभित्र तीव्र विवाद बढिरहेको बेला बैठक बस्न लागेको हो ।
राष्ट्रिय सभा गृहमा बस्ने बैठक २२ गतेसम्म चल्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ढकालका अनुसार केन्द्रीय समिति बैठक २० गतेदेखि २२ गतेसम्म बोलाइएको र केही दिन लम्बिन सक्नेछ ।
आज बस्ने बैठकमा एमसीसी अनुमोदन, स्थानीय निर्वाचन, संगठन सुदृढीकरण र परिचालन तथा समसायिक विषय अजेण्डा हुन सक्ने उनको भनाइ छ ।
संसदबाट एमसीसी अनुमोदन भएपछि पार्टिभित्र मतभेद देखिएको छ । सम्भवत यस विषयमा पनि आजको बैठकमा छलफल हुन सक्ने बुझिन्छ ।