Advertisement

कूटनीति र संवादबाट युक्रेन सङ्कटको समाधान खोज्न नेपालको आग्रह

0 280

Advertisement

१२ फागुन, काठमाडौँ । नेपाल सरकारले संवाद र कूटनीतिका माध्यमबाट युक्रेन सङ्कटको समाधान खोज्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै सरकारले त्यहाँ तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह पनि गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर संयुक्त राष्ट्रसङ्घको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू सर्वमान्य रहेका तथा सबै सदस्य राष्ट्रले तिनको पूर्णरूपमा सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र संस्थाका रूपमा मान्यता दिनु संयुक्त राष्ट्रसङ्घको बडापत्रको प्रावधानका विपरीत भएको जनाउँदै विज्ञप्तिमा “नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ”, भनिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.