Advertisement

परराष्ट्रमन्त्री खड्कालाई युनिमीको ध्यानाकर्षण पत्र

0 236

Advertisement

१० फागुन, काठमाडाैँ । संयुक्त अरब इमिरेट्स (युएई)को प्रहरीले हिरासतमा राखेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहाइका लागि पहल गरिदिन युनिमी नेपालले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई अनुरोध गरेको छ।

मिडियाकर्मीहरुको अन्तर्राष्ट्रिय संस्था युनिमी नेपालका अध्यक्ष गोविन्द धिताल नेतृत्वको टोलीले सोमबार मन्त्री खड्कालाई ज्ञापनपत्र बुझाउँदै पत्रकार पाण्डेलाई तत्काल रिहाइका लागि पहल गर्न आग्रह गरेको हो।

युएईमा रहेर पत्रकारितामार्फत नेपाल र नेपालीको पक्षमा आवाज उठाउँदै आएका युवा पत्रकार पाण्डेलाई लेखेकै आधारमा पक्राउ गरिनु अत्यन्त दुःखद भएको युनिमीको भनाइ छ। नेपाली व्यवसायी र कामदारको संरक्षण गर्नुपर्ने दूतावासले नै त्यहाँ कार्यरत सञ्चारकर्मी नियोजितरूपमा पक्राउ पर्दासमेत बेवास्ता गर्नु अर्को आपत्तिजनक विषय बनेको युनिमीले जनाएको छ।

युनिमीको ज्ञापनपत्र बुझेपछि मन्त्री खड्काले पत्रकार पाण्डेलाई रिहा गर्न आफ्नो तर्फबाट पहल भइरहेको र थप पहल गर्ने प्रतिबद्धता जनाएका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.