Advertisement

विश्वबैंकबाट प्राप्त हुने ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

0 242

Advertisement

०६ फागुन, काठमाडौं । सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्वबैंकबाट प्राप्त हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले आकस्मिक प्रतिकार्य तथा जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्वबैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन (करिब २ अरब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

मन्त्रिपरिषदले राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कर्णेलको राजीनामा स्वीकृत गरेको छ, भने नवीकरणीय उर्जा अनुदान नीति २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै मुलुकी फौजदारी कार्यविधीसंहिता २०७४ को अनुसूची १ हेरफेर गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सरकारका प्रवक्ता कार्कीले गोकर्णेश्वर नगरपालिका–३ स्थित गोविन्द मगरले पन्छी पालेको स्थान र चितवन जिल्लाको राप्ति नगरपालिका–६ स्थित अनिता पशुपन्छी कृषी फार्मलाई केन्द्र मानेर उल्लेखित स्थानको वरिपरिको १०० मिटर सम्मको क्षेत्रमा पन्छी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनको अवधिसम्मका लागि बर्ड–फ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय भएको जानकारी दिए ।

मन्त्रीपरिषद्ले नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गरेको छ । त्यस्तै श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ ।

बैठकले औषधि दर्ता चौथो संशोधन नियमावली २०७८ र नेपाल मेडिकल काउन्सिल पाँचौं संशोधन नियमावली २०७८ स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.