Advertisement

२४ घण्टामा थप ४९१ सङ्क्रमित,१८ सय २६ निको, चारको मृत्यु

0 180

Advertisement

२९ माघ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ४९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार २६० जनाको पीसीआर परीक्षण गर्दा ४९१ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार ३९४ जनाको एन्टीजेन परीक्षण गर्दा ३४५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल छ हजार ६५४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ८३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १८ सय २६ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ८८ हजार ८३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल २६ हजार १०२ जना सक्रिय सङ्क्रमित छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.