Advertisement

ओलीलाई प्रचण्डको फोन– एमसीसीबारे तपाईंले निर्णय नगरी भएन

0 191

Advertisement

२८ माघ, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता बारे निर्णय गर्न आग्रह गरेका छन्।

अमेरिकी सहायक विदेशमन्त्रीले फोन गरेर एमसीसीबारे छिट्टै निर्णय गर्न आग्रह गरेसँगै प्रचण्डले ओलीलाई फोन गरेका हुन्। सो अवसरमा अध्यक्ष ओलीले एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले– नेकपा (एमाले)को धारणा स्पष्ट रहेको बताएको एमाले नेता विष्णु रिजालले बताएका छन्।

‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै रिजालले भनेका छन्, ‘हटाइसकेपछि ४–५ महिनामा पारित गर्छौं भनेर लिखित कागज नै गर्नुभएको रहेछ, अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन्। पहिले आफूले निर्णय गर्नूस् नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.