Advertisement

विप्रेषण बढाउन प्रणालीगत सुधार आवश्यक : श्रममन्त्री

0 221

Advertisement

२८ माघ, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र बढी लाभयुक्त बनाउन सरकार लागिपरेको बताएका छन्।

मन्त्रालयमा बिहीबार आयोजित विकास समस्या समाधान समितिको बैठकमा उनले विकसित मुलुकमा श्रम बजारको खोजी गरी सुरक्षित र लाभयुक्त वैदेशिक रोजगारीको अवसर वृद्धि गरिनुपर्नेमा जोड दिए।

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकको माग र आवश्यकतानुरूप नेपाली श्रमिकको सीप विकास गर्नसके विप्रेषण दोब्बरले बढाउन सकिने उनको भनाइ छ।

नेपालको अर्थतन्त्र र जीविकामा निकै महत्त्व राख्ने विप्रेषण बढाउन प्रणालीगत सुधार आवश्यक रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जान अपनाउनुपर्ने लामो प्रक्रियाका कारण वैदेशिक रोजगारीलाई बढी लाभयुक्त बनाउन नसकिएको बताए।

मन्त्रालयअन्तर्गतका आयोजनाको भौतिक तथा वित्तीय प्रगतिमा सुधार गर्न गम्भीर भएर काम गर्नसमेत उनले कर्मचारीलाई निर्देशन दिए।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

मन्त्रालयका सचिव एकनारायण अर्यालले नियमित अनुगमन, गुनासा सुनुवाइ, उद्धार कार्यलाई प्रभावकारी बनाइएको बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.