Advertisement

‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन

0 783

Advertisement

२५ माघ, एजेन्सी । बीआर चोपडाको ‘महाभारत’का ‘भीम’का रूपमा चर्चित अभिनेता प्रवीणकुमार सोबतीको निधन भएको छ । उनको आज बिहान निधन भएको हो । परिवारका एक सदस्यका अनुसार उनलाई राति १० बजेदेखि १०ः३० को बीचमा हृदयाघात भएको थियो । उनले असहज भएको गुनासो गरेपछि डाक्टरलाई घरमा बोलाइएको थियो तर उनीलाई बचाउन सकिएन ।

प्रवीण कुमार केही महिनाअघि आर्थिक सङ्कटको खबरका कारण चर्चामा आएका थिए । तर यी खबरप्रति रिसाउँदै उनले एक अन्तरवार्तामा बकवास भनेका थिए । त्यतिबेला उनले आफूलाई पैसा नचाहिएको र सहयोगका लागि कसैलाई अनुरोध नगरेको बताएका थिए ।

तर अन्तरवार्तामा उनको पीडा प्रष्ट देखिन्थ्यो । उनले भनेका थिए, “कोरोनामा सम्बन्ध कति खोक्रो भयो भन्ने थाहा भयो।” अप्ठ्यारो समयमा सहयोग गर्न कोही नआएकामा उनको मनमा रोष देखिन्थ्यो। उनले लामो समयदेखि घरमा रहेको र स्वास्थ्य पनि नाजुक रहेको बताएका थिए ।

प्रवीणका अनुसार उनकी श्रीमती वीणाले उनको हेरचाह गरिरहेकी थिइन् । ९० को दशकमा ‘भीम’ भनेर सबैलाई थाहा भएकोमा प्रवीण दुःखी थिए तर अहिले उनलाई सबैले बिर्सिसकेका छन् । प्रवीण कुमारका एक छोरी, दुई भाइ र एक बहिनी छन्।

प्रवीण कुमारले पन्जाब सरकारलाई पेन्सनका लागि पनि अपील गरेका थिए। एसियाली खेलकुद वा सबै पदक जित्ने खेलाडीलाई पेन्सन दिइए पनि प्रवीणले नपाएको उनको गुनासो थियो। प्रवीण कुमारले त्यतिबेला सबैभन्दा बढी स्वर्ण पदक जितेका थिए र राष्ट्रमण्डल खेलहरूमा पनि भारतको प्रतिनिधित्व गर्ने एकमात्र भारतीय खेलाडी थिए। तर उनको सरकारले कुनै सुनुवाई गरेन र उनी पेन्सनको पर्खाइमा बसिरहे।

रिपोर्टअनुसार प्रवीण कुमारको अन्तिम दिन निकै कठिन थियो र यसको एउटा कारण पैसाको सङ्कट थियो । यसबाहेक उनी बिरामी पनि थिए, जुन उनले डिसेम्बर २०२१ मा दिएको अन्तरवार्तामा उल्लेख गरेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.