Advertisement

गठबन्धनमा एमसिसी अल्झनः सहमति नहुँदा संसद् स्थगित

0 263

Advertisement

१७ माघ, काठमाडौं । चारपटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सारिनुको मुख्य कारण बढ्दो कोरोना संक्रमणलाई देखाइएको छ। वास्तविक कारण भने अरु नै रहेको स्रोतको दाबी छ।

पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको हो। प्रतिनिधिसभाको आइतबार १ बजेका लागि बोलाइएको बैठक स्थगितको सूचना जारी गर्न शनिबार राति कार्यव्यवस्था परामर्श समिति सम्बद्ध कर्मचारीलाई आदेश भएको थियो।

आदेशपछि ती कर्मचारी संसद् सचिवालय सिंहदरबार गएर राति साढे आठ बजे सूचना जारी गरेको स्रोतले बतायो। सभामुखको आदेशले राति नै बैठक स्थगितको सूचना जारी गरिएको हो। कुनै पनि सूचना प्रायः कार्यालय समयमै जारी गरिन्छ। नभए अर्को दिन बिहानै सूचना जारी गरिन्छ।

सत्ता गठबन्धनको शनिबार बसेको बैठकमा स्थानीय तहको निर्वाचन जेठभित्रै गराउने सहमति भएको समाचार बाहिर आएको छ। तर बैठकमा अन्य केके विषयमा छलफल भयो भन्ने कुरा औपचारिक रुपमा बाहिर आएको छैन। बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदनका लागि संसद्मा प्रवेश गराउने विषयले पनि प्रवेश पाएको तर त्यसमा कुरा नमिलेको एक नेताले बताए।

गठबन्धनभित्र एमसिसी सम्झौता संशोधन गरेरमात्र संसद्बाट पारित गर्नुपर्ने मत बलियो रहेको स्रोतले बतायो। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी संसद्मा टेबुल गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन मिति तोक्ने प्रस्ताव राखे पनि बैठकले स्वीकार नगरेको स्रोतको दाबी छ। गठबन्धन बैठकमा केही नेताले तत्काल एमसिसी संसद्मा पेस गर्न नहुने अडान लिएका कारण प्रतिनिधिसभा बैठक १० दिन पर सार्न रातारात सूचना जारी गर्न लगाइएको बुझिएको छ।

प्रतिनिधिसभाको आइतबार १ बजे बोलाइएको बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरिसकेको थियो। सभामुख अग्नि सापकोटाले आइतबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठकका लागि समितिका सदस्यलाई उपस्थित हुन जानकारी गराउन संसद् सचिवालयका कर्मचारीलाई भनिसकेका थिए। ‘तर शनिबार राति एकाएक प्रतिनिधिसभा बैठक स्थगितको सूचना जारी भयोे। यसअघि पनि बैठक स्थगित हुनुको कारण एमसिसी नै थियो कि,’ स्रोतले भन्यो।

कार्यव्यवस्था परामर्श समितिको बैठकका लागि समितिका सदस्यलाई उपस्थित हुन जानकारी गराउन संसद् सचिवालयका कर्मचारीलाई भनिसकेका थिए। ‘तर शनिबार राति एकाएक प्रतिनिधिसभा बैठक स्थगितको सूचना जारी भयोे। यसअघि पनि बैठक स्थगित हुनुको कारण एमसिसी नै थियो कि,’ स्रोतले भन्यो।

मंसिर २८ गते सुरु भएको संसद् अधिवेशन सोही दिन, पुस ६ र ७ गरी तीन दिनमात्र बसेको छ। त्यसपछि पुस १८, २२, २८ र माघ ३ गतेका लागि डाकिएको बैठक स्थगित भएको थियो। माघ १६ गते बोलाइएको बैठक पनि स्थगित गरी २६ गतेलाई सारिएको छ। पाँच दलीय गठबन्धनमा एमसिसीमा सहमति नभए २६ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि स्थगित हुने सम्भावना देखिएको छ। सत्ता गठबन्धनमा एमसिसीको विषयले अल्झन देखिएको स्रोतको दाबी छ।

संसद् सचिवालयका अधिकारी पनि राजनीतिक दलबीच सहमति नभएसम्म संसद् नचल्ने अवस्था देखिएको बताउँछन्। एमसिसी पारित गर्न प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक सँगसँगै जस्तो डाकिएको स्रोत बताउँछ। प्रतिनिधिसभा बैठक पुस २२ गतेका लागि बोलाउँदा अनिश्चित कालसम्म स्थगित गरिएको राष्ट्रियसभाको बैठक २५ गते बस्नेगरी बोलाइएको थियो। माघ १६ गते प्रतिनिधिसभाको बैठक बोलाउने तय भएपछि १७ गते बस्नेगरी राष्ट्रियसभा बैठक बोलाइएको थियो।

प्रतिनिधिसभाको १६ गतेको बैठक स्थगित गरी २६ गतेका लागि सारिएपछि राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ। प्रधानमन्त्री देउवाले माघ १८ गतेभित्र संसद्को दुवै सदनबाट एमसिसी पारित गराउन खोजेकाले दुवै सदनको बैठक सँगसँगै जस्तो बोलाइएको थियो।

तर गठबन्धनमा सहमति नभएपछि संसद् बैठक स्थगित गरिएको स्रोत बताउँछ। एमसिसी सम्झौता दुवै सदनबाट पारित गर्नुपर्ने देखिँदैन तर सरकारले दुवै सदनबाट पारित गराउने तयारी गरेको देखिएको दाबी स्रोतको छ। नागरिकबाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.