Advertisement

बारले भन्यो– स्थानीय तह एक दिन पनि रिक्त हुने संविधानमा व्यवस्था छैन, समयमै निर्वाचन गरौं -बारले भन्यो

0 402

Advertisement

१६ माघ, काठमाडाैँ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले संविधानले स्थानीय तह रिक्त हुने परिकल्पना नगरेकाले तत्काल निर्वाचनको मिति तोक्न आग्रह गरेको छ।

बारले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा स्थानीय तह एक दिन पनि रिक्त हुने परिकल्पना नगरेकाले जेठ ६ गते अघि प्रतिनिधि आउने गरि निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन’, बारको विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरीत मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ।’

नेपालको संविधान र प्रचलित निर्वाचन सम्बन्धी कानुन समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गरि लोकतन्त्रको रक्षा र सम्बर्द्धन गर्ने कार्यमा लाग्न सरकार तथा सम्बन्धित सबैसँग बारले अपिल गरेको छ।

नेपालको संविधानले स्थानीय तह, प्रदेश संसद् र संघीय संसद, राष्ट्रिय सभा लगायतका निकायको आवधिक निर्वाचनको व्यवस्था गरेको भन्दै बारले त्यस्ता निकायको शून्यताको परिकल्पना संविधान र निर्वाचन सम्बन्धी कानुनले नगरेको स्मरण गराएको छ।

‘वालिग मताधिकारको आधारमा आवधिक निर्वाचनबाट नै वास्तविक लोकतन्त्रको रक्षा र सम्बर्द्धन हुने कुरामा कसैको दुईमत हुन सक्दैन’, बारको विज्ञप्तिमा भनिएको छ, ‘हाल स्थानीय तहको अवधि समाप्त हुन लागेको र यसको नियमित निर्वाचन गर्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरुबाट नेबाएको गम्भीर ध्यानाकर्षण भएको छ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.