Advertisement

सक्रिय भूमिका निर्वाह गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रशासकीय प्रमुख सापकोटा

0 399

Advertisement

लक्ष्मण फुयाल

१६ माघ, काठमाडौं । नेपाल सरकार निर्णयअनुसार विभिन्न पालिकाहरुमा प्रशासकीय जिम्मेवारीमा हेरफेर हुदाँ विभिन्न नगरपालिकाहरुको प्रशासकीय प्रमुखको सरुवा भएको थियो ।

यही सन्दर्भमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यलाई विदाई संगै नयाँ प्रशासकीय प्रमुख अधिकृतको रुपमा बैकुण्ठ प्रसाद सापकोटाले कार्य समालेका छन् । उनले नगरपालिकामा माघ ३ गते नियुक्त लिनुभएको हो ।

उहाँले कार्यभार सम्मालदै आफूले पाएको दायित्व र अधिकारको आधारमा नगरपालिकाको विकासमा सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले प्रतिवद्धता अनुरुप नगरपालिकामा सक्रिय भूमिका निर्वाह गर्न थालेका छन् ।

उनले नगरपालिकामा पदभार संगै पहिलो कार्यको रुपमा मातहतका कर्मचारीहरुमा अनुशासन तथा आचरण कार्य सञ्चालनमा ल्याएका छन् । म त धैरै कुरा बुझ्दै छु, यस क्षेत्रको वातावरण बुझ्दै गरेको छु, मेरो पहिलो कामको रुपमा यस नगरपालिका कर्मचारीको आचारण तथा अनुशासनको कार्य कार्यन्वयनमा ल्याएको प्रशासकीय प्रमुख बैकुण्ठ प्रसाद सापकोटाले डिजिटल खवरलाई बताउनुभयो ।

कर्मचारीले आचारण तथा अनुशासन पालना गराउन १० दिनको समय दिएकोमा आजबाट आचरणको अनुगमनको रुपमा काम थालनीभएको जसमा हामीले समयमा अफिस आउने, नियमित पोसाकमा आफ्नो कार्य क्षेत्रमा बसे नबसेको अनुगमन गरेको प्रशासकीय प्रमुख सापकोटाले बताउनुभयो । दोस्रो कार्यको रुपमा कार्य सम्पादनमा जोड दिने योजना रहेको बताउनुभयो । आफ्नो मताहतको कर्मचारीविच प्रशासनिक कार्य चुस्त दुरुस्त तथा अन्य संग राजनैतिक नेतृत्व संग सम्नवय गर्दै अगाडी बढ्ने योजना रहेको बताउनुभयो ।

यस नगरपालिका भित्र ११२ जना कार्यरत रहेको छ । जसमा ३४ जना अधिकृत स्तर तथा ७८ जना सहायक तथा सहयोगस्तरीय रहेकोमा आज १०० जना कर्मचारी उपस्थीत रहेकोमा छन् । भने २६ जना कर्मचारीहरु १० बजे पछि उपस्थित रहेको गोकर्णेश्वर नगरपालिका प्रशासन शाखा प्रमुख टंक नाथ घिमिरेले बताउनुभयो । आज १२ जना अनुस्थित रहनु भएकोमा कर्मचारीमा विदा तथा विरामी भएको कारण रहेको घिमिरेले बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले सापकोटाको कार्यप्रति आफू सन्तुष्ट रहेको बताउदै उहाँले जनप्रतिनिधि र कर्मचारीहरुसंग समन्वयपूर्वक काम गर्नुभएको छ । चालिसेले नयाँ प्रशासकीय प्रमुख अधिकृत सापकोटाले नगरको विकासमा सहकार्य, समन्वय गर्दै कार्य गर्न सहज हुने विश्वास व्यक्त व्यक्त गर्नभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.