Advertisement

भारतीय विदेशमन्त्रीलाई कोरोना संक्रमण

0 434

Advertisement

१४ माघ, एजेन्सी । भारतका विदेशमन्त्री एस जयशंकरलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।उहाँले बिहीबार पिसिआर परीक्षण गराउनुभएको र उहाँलाई कोरोना भाइरसको संक्रमण भएको भारतीय विदेशमन्त्रालयले जानकारी दिएको छ ।

विदेशमन्त्री जयशंकरले पनि ट्वीट गर्नुभएको छ । सो ट्वीटमा उहाँले आफूलाई कोरोना भाइरसको संक्रमण भएको भन्दै केही दिनयता देखि आफ्नो सम्पर्कमा रहेका अरु व्यक्तिहरुलाई पनि कोरोना भाइरसबाट सतर्क रहन आग्रह गर्नुभएको छ ।हाल भारतले पनि कोरोना भाइरसको तेस्रो वेभको सामना गरिरहेको छ । बिहीबारमात्र पनि भारतमा २ लाख ८६ हजार भन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी बिहीबार सार्वजनिक भएको सो तथ्यांकमा गएको २४ घन्टामा मात्र ६७३ जनाको यो संक्रमणबाट निधन भएको पनि बताइएको थियो । केही दिनयता संक्रमण घटेको जस्तो देखिएपनि अहिले भने फेरि यहाँ संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको जनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.