Advertisement

क्रिप्टोकरेन्सी मुद्दामा नेपालमा पहिलोपटक सजाय निर्धारण, कसलाई कति सजाय?

0 241

Advertisement

१३ माघ, काठमाडाैँ । कम्प्युटर सफ्टवेयरमार्फत् गणितीय सुत्रको प्रयोग गरी इन्टरनेटमार्फत् गर्ने पैसाको कारोबार क्रिप्टोकरेन्सी (बिटक्वाइन) मुद्दामा दोषी ठहर भएका पाँच जनाको सजाय निर्धारण भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रतिवादी बनाएका १० मध्ये ५ जनालाई काठमाडौं जिल्ला अदालतले गत भदौ ३० मा दोषी ठहर गरेको थियो। दोषी ठहर भएकाहरुको सजाय निर्धारण गरिएको छ। दोषी ठहर भएका पाँचै जनालाई बिना जेल जरिवाना मात्रै सुनाइएको छ।

दोषी ठहर भएका सिन्धुलीको मरिन गाउँपालिका–४, कल्पवृक्ष घर भएका ३४ वर्षीय ज्ञानप्रसाद पौडेललाई ६ लाख २७ हजार, अर्घाखाँचीको मालारानी गाउँपालिका–७ खनका ३४ वर्षीय माधव खनाललाई १ लाख १४ हजार ७५०, काठमाडौं–४, भाटभटेनीका २५ वर्षीय प्रशान्तप्रताप शाहलाई ३० लाख रुपैयाँ, रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का मनिषकुमार गिरीलाई ११ हजार ४ सय ९५ रुपैयाँ र नुवाकोटको बेलकोटगढी नगरपालिका–५ की २४ वर्षीया बिन्दा ढकाललाई ६२ हजार ५ सय रुपैयाँ जरिवाना निर्धारण गरिएको छ।

त्यसैगरी, राप्रपाका नेता दमन बस्नेतसहित पाँच जनाले भने यो मुद्दामा सफाइ पाएका थिए। अवैध विनिमय कारोबारमा संलग्न रही नेपालको अर्थतन्त्रलाई गम्भीर असर पर्न जाने गरी नेपाल राष्ट्र बैंकको गेटवेलाई बाइपास गरेर विदेशी विनिमय कारोबार गर्ने गरेको भन्दै उनीहरु विरुद्ध मुद्दा दर्ता भएको थियो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.