Advertisement

काठमाडौं उपत्यकामा थपिए ४ हजार ६७६ कोरोना संक्रमित

0 465

Advertisement

१० माघ, काठमाडाैँ । काठमाडौं उपत्यकामा चार हजार ६७६ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा ती संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा तीन हजार ६३४ जना संक्रमित थपिएका छन्। यस्तै, ललितपुरमा ५८७ र भक्तपुर जिल्लामा ४५५ संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ८४२ पुगेको छ। देशभरका सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै आधाभन्दा बढी छन्।

गत २४ घण्टामा देशभर १० हजार ३१९ जना नयाँ थपिएसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको मन्त्रालयले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.