Advertisement

जलाद नदी नियन्त्रणमा युवा सक्रिय

0 453

Advertisement

१० माघ, काठमाडाैँ । जलाद नदीको बाढीले वर्षेनी मच्चाउँदै आएको वितण्डा रोक्न धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ का युुवा सक्रिय बनेका छन् ।नदीमा अग्लो र मजबुत तटबन्ध निर्माण नहुँदा बाढीले वर्षेनी खेतीयोग्य जग्गा कटान गर्नाका साथै वरिपरिका बस्ती डुबानमा पार्दै आएकाले त्यसलाई नियन्त्रण गर्न उनीहरु सक्रिय बनेका हुन् ।

बाढीपहिरालगायत जलवायुु परिवर्तन र त्यसबाट सिर्जित विपद्बाट वर्षेनी पीडित सो क्षेत्रका स्थानीयवासीलाई लक्ष गरेर सञ्चालन भएको विपद् तथा जलवायु परिवर्तन उत्थानशीलता कार्यक्रमबाट प्रेरित भई युवा आफँै नदी नियन्त्रण अभियानमा जुटेको स्थानीय युवा सुरेन्द्र यादवले बताउनुभयो ।

प्रत्येक वर्ष नदीको बाढीले खेतीयोग्य जग्गा कटान गर्नाका साथै बस्ती नै डुबानमा पर्दै आए पनि तटबन्ध निर्माणमा प्रगति नभएपछि आफूहरु सक्रिय भएको उहाँको भनाइ थियो । ‘

‘नदीले वर्षेनी मच्चाउँदै आएको वितण्डालाई रोक्न विगत केही महिनायता हामी गाउँमा उपलब्ध युवाले छलफल र बैठक गर्दै आएका छौँ”, स्थानीय युवा क्लबका सदस्यसमेत रहनुभएका उहाँले भन्नुभयो, ‘‘केही दिनअघि मात्रै वडाध्यक्ष, वडासदस्य, रेडक्रसका प्रतिनिधि, युवा क्लबका पदाधिकारीसहितको टोलीले नदी निरीक्षण गरी जोखिमको विश्लेषण गरेका थियौँ ।” त्यहीँ विश्लेषणको आधारमा नदी नियन्त्रणका लागि गर्न सकिने कार्यको पञ्चवर्षीय योजना तयार गरिएको उहाँको भनाइ थियो ।

जनप्रतिनिधि, रेडक्रसका प्रतिनिधिलगायतको उपस्थितिमा आफूहरुले तयार पारेको पञ्चवर्षीय योजनाका आधारमा विभिन्न निकायमा बजेटका लागि पहल गर्ने अर्का युवा मनोज मण्डलले बताउनुभयो । ‘‘नदी नियन्त्रण त त्यतिकै हुँदैन, त्यसका लागि बजेट नै चाहिन्छ”, उहाँले भन्नुभयो, ‘‘त्यहीँ भएर नदीका लागि हामीले करिब पाँच करोडभन्दा बढीको पञ्चवर्षीय योजना तयार पारेका छौँ ।” तयार भएको योजना सङ्घीय सरकार, प्रदेश सरकार र उपमहानगरपालिकामा पेश गर्ने तयारी भएको उहाँले सुनाउनुभयो ।

यसका साथै कमला नदी नियन्त्रण कार्यालय, जलस्रोत कार्यालय तथा अन्य संस्थाबाट नदी नियन्त्रणका लागि बजेट छुट्टयाउन पहल गरिने सम्बद्ध युवाले बताए । ‘‘वर्षेनी बस्तीमा बाढीले ठूलो क्षति पु¥याउँदै आएको छ तर कहीँ कतैबाट नदी नियन्त्रणका लागि ठोस पहल नभएपछि हामी नै अघि सरेका छौँ”, युवा क्लबका अर्का युवा सन्तोष यादवले भन्नुभयो, ‘‘अहिले नदी पीडित गाउँका करिब ५० युवा यो अभियानमा जोडिएका छन् ।” हामीले चलाएको अभियानमा वडाध्यक्ष, वडासदस्य तथा गाउँका सबैले साथ दिन थालेकाले आफूहरु थप उत्साहित भएको उहाँको भनाइ थियो ।

नदी नियन्त्रण अभियानअन्तर्गत नै दुई दिनअघि नदी आसपासको क्षेत्रमा वृक्षरोपण गरिएको थियो । स्थानीयवासीसमेत रहनुभएका प्रदेशसभा सदस्य रामअशिष यादवको उपस्थितिमा युवाले आँप, लिची, कटहर, मसलालगायत जातका करिब ५० बोटबिरुवा रोपेका थिए ।

नदी नियन्त्रणका लागि जुटेका युवालाई समावेशी उत्थानशीलता र जवाफदेहिता प्रवद्र्धनका लागि युवा सञ्जाल सुदृढीकरण (प्रयास) परियोजनाले रामैसँग साथ दिएको छ । वर्षेनी वर्षायामका बेला बाढी, सुख्खायाममा आगलागी र शीतलहरको समय कठ्याङ्ग्रिनुपर्ने विपद्बाट जोगाउन पीडित रहेका क्षेत्रमा सो परियोजनाले सञ्चालन गरेको विपद् तथा जलवायु परिवर्तन उत्थानशील कार्यक्रममा जोडिएका युवाले नदी नियन्त्रण अभियानको नेतृत्व गरिरहेको परियोजना संयोजक जागेश्वर यादवले बताउनुभयो ।

नेपाल युवा संस्था सञ्जाल (आयोन) द्वारा सञ्चालित सो परियोजनाअन्तर्गत पहिलोे चरणमा जलवायु र विपद्सम्बन्धी विज्ञहरुबाट वडास्तरीय सरोकार व्यक्ति तथा पदाधिकारीलाई प्रशिक्षण दिएर सम्बन्धित वडास्तरमा देखिएका विपद् विश्लेषण गर्ने र त्यहीँ विश्लेषणको आधारमा योजना तयार पार्नका लागि युवालाई उत्प्रेरित गर्ने गर्दै आइएको परियोजना उहाँको भनाइ थियो ।

जलाद नदीले पु¥याउँदै आएको क्षति रोक्न युवाले देखाएको सक्रियता अत्यन्तै प्रशंसनीय रहेको प्रदेशसभा सदस्य रामअशिष यादवले बताउनुभयो । ‘‘क्षति रोक्न र गाउँको मुहार फेर्न युवाको पछिल्लो प्रयास निश्चित रुपमै उदाहरणीय देखिन्छ”,



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.