Advertisement

सत्ता गठबन्धनको बैठक आज, स्थानीय तह निर्वाचनका विषयमा छलफल हुने

0 382

Advertisement

०७ माघ, काठमाडाैँ । सरकार सञ्चालनलगायतलाई प्रभावकारी बनाउन गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज (शुक्रबार) बस्दैछ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

यसअघि बिहीबारै बस्ने भनिएको बैठक आवश्यक तयारीका लागि भन्दै स्थगित भएको थियो। हिजो प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तापछि आजका लागि बैठक तय भएको हो।

आजको बैठक मुख्य रुपमा स्थानीय तहको निर्वाचन लगायतको पछिल्लो राजनीतिक घटनाक्रममै केन्द्रित हुने नेताहरुले बताउँदै आएका छन्। निर्वाचन आयोगले वैशाखभित्रमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको अवस्थामा गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन।

आजको बैठकमा स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल हुनेछ। साथै बैठकमा अन्य समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ। यसअघि गत मंगलबार बसेको बैठकमा पनि स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन बैशाखभित्रै गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको छ।सत्ता गठबन्धन दलहरूबिच निर्वाचन कहिले गर्ने भन्ने सहमति हुन सकेको छैन।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको पदावधि जेठ ५ पछि सकिने र स्थानीय तह रिक्त हुने भन्दै आयोगले वैशाखमा निर्वाचन गराएर ३१ गते अगाडि नै शपथ ग्रहण गराइसक्नुपर्ने बताउँदै आएको छ।

तर, गठबन्धन दलले भने संविधान र स्थानीय निर्वाचन ऐन बाझिएको भन्दै आवश्यक छलफल गरेर स्थानीय तहको निर्वाचन केही समय सार्नुपर्ने बताउँदै आएका छन्। प्रमुख प्रतिपक्षी दल एमाले भने निर्वाचन आयोगले तोकेकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्ने अडानमा छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.