Advertisement

२४ घण्टामा थप आठ हजार ७३० जना सङ्क्रमित, एकको मृत्यु

0 193

Advertisement

०४ माघ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा आठ हजार ७३० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १७ हजार ८७२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चार हजार ९५६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ५२८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५६२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६२४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर हालसम्म ३९ हजार ४४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई लाख १३ हजार १४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.