Advertisement

पीएम कप : लुम्बिनीसँग गण्डकी ५ विकेटले पराजित

0 290

Advertisement

०३ पुस, काठमाडौँ । लुम्बिनी प्रदेशले जारी पीएम कप टि २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा दोश्रो जित हासिल गरेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार भएको समूह बी अन्तर्गतको खेलमा गण्डकी प्रदेशलाई ५ विकेटले पराजित लुम्बिनीले दोश्रो जित हासिल गरेको हो ।

जितका बावजूत पनि लुम्बिनी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह बी बाट समूह चरणको चार वटै खेल जित्दै नेपाल एपीएफ क्लब समूह विजेता तथा चारमध्ये तीन खेल जित्दै बागमती प्रदेश समूह उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

यस्तै एक खेल जितेको प्रदेश २ तथा चारवटै खेलमा हार बेहोरेको गण्डकी पनि प्रतियोगिताबाट बाहिरिसकेका छन् । आजको खेलमा जितका लागि गण्डकीले दिएको १ सय ५ रनको लक्ष्य लुम्बिनीले १३ दशमलब १ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

लुम्बिनीको जितमा देव खनालले ५६ रनको अर्धशतकिय इनिङ्स खेल्दा सुशान्त थापाले २६ रन जोडे । गण्डकीका सुवास भण्डारीले सर्वाधिक ३ विकेट हात पार्दा विशाल पौडेल र अशोक श्रेष्ठले १-१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले १९ दशमबल १ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रन जोडेको थियो । गण्डकीका लागि अनिल गुरुङले सर्वाधिक ५० अर्धशतकिय इनिङ्स खेल्दा विधान श्रेष्ठले १४ रन जोडे ।

लुम्बिनीका अनिल खरेल सर्वाधिक ४ विकेट लिदा दिपेन्द्र रावत र कृष्ण कार्कीले समान २-२ विकेट हात पारे । यस्तै दुर्गेश गुप्ता र तुल बहादुर थापाको नाममा १-१ विकेट रह्यो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.