Advertisement

बेबी शार्क डान्स (Baby Shark Dance), विश्वभर सबैभन्दा धेरै पटक हेरिने युट्युब भिडिओ बन्न सफल

0 385

Advertisement

०२ माघ, एजेन्सी । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युवमा रहेका भिडिओ दैनिक लाखौँले हेर्छन् । तर त्यसमध्ये केही यस्ता भिडिओ हुने गर्छन्, जसलाई सबैभन्दा धेरैले रुचाउँछन् । यस्तै एउटा भिडिओ छ, बेबी शार्क डान्स (Baby Shark Dance) ।

यही भिडिओ विश्वभर सबैभन्दा धेरै पटक हेरिने युट्युब भिडिओ बन्न सफल भएको छ । यो एउटा यस्तो युट्युब भिडिओ बनेको छ, जसले दश अर्ब भ्युज पार गर्ने पहिलो भिडिओको रेकर्ड समेत राखेको छ ।

यसअघि कुनै पनि भिडिओले युट्युबमा यति धेरै भ्युज पाएको अर्थात् यति धेरै पटक हेरिएको इतिहास छैन । बेबी शार्क भिडिओ विश्वभर गाइने र नाचिने भिडिओ हो । यसमा कार्टुन क्यारेक्टरको प्रयोग गरिएको छ ।

यो भिडिओको ट्र्याकलाई दक्षिण कोरियाली म्युजिकको साथमा प्रस्तुत गरिएको छ । योनहाप न्युज एजेन्सीको रिपोर्ट अनुसार दक्षिण कोरियाली ट्र्याकले लुइस फोन्सी तथा ड्याडी यान्कीको मेगाहिट ‘डेस्पासिटो’को म्युजिक भिडिओलाई पछाडि पारेको छ ।

जसलाई ७.७ अर्ब पटक हेरिएको छ । बेबी शार्क भिडिओ आजभन्दा करिब छ वर्ष अघि अर्थात सन् २०१६ को जुनमा रिलिज भएको थियो । जुन बालबालिकाको लागि कोरियन ब्यान्ड पिङ्कफोङ्ग सिरिजको गीत हो ।

यो गीत विश्वभरका बालबालिकाबीच आफ्नो आकर्षक ट्युन तथा लिरिक्सका कारण निकै लोकप्रिय छ । यो गीतले २०२० को नोभेम्बरमा गिनिज बुक वर्ल्ड रेकर्डमा समेत आफ्नो नाम लेखाउन सफल भएको थियो ।

त्यसताका यो भिडिओको भ्युज करिब ७ अर्ब रहेको थियो । त्यसयताको १५ महिनामा यो भिडिओ सबैभन्दा धेरै पटक हेरिने भिडिओको सूचीमा पहिलो नम्बरमा उक्लेको हो ।

संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष (यूएनएफपीए) का अनुसार विश्वको कुल जनसङ्ख्या करिब सात अर्ब ८० करोड छ । बेबी शार्कको भिडिओले प्राप्त गरेको भ्युज त्यसभन्दा पनि निकै धेरै हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.